Loading...
अबको ८० वर्षपछि संसारमा बस्न नसकिने


जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण मनुष्यको भविष्यमाथि दिनदिनै गहिरा प्रश्नहरू उठेका छन् ।
विश्वको तीनचौथाइ जनसंख्या चाँडै भयानक लूको चपेटामा पर्नसक्ने देखिएको छ । वैज्ञानिकहरूले अहिलेको जत्तिकै ठूलो मात्रामा ग्रीनहाउस ग्यास उत्सर्जन भएमा अझ निकट भविष्यमै पृथ्वीमा बस्न नसक्ने स्थिति आउनसक्ने चेतावनी दिएका छन् ।
१९८० देखि अहिलेसम्म संसारमा १९ सय भागमा गर्मीका कारण मानिसको मृत्यु भएको छ । सन् २०१० मा मस्कोमा १० हजार ८०० मानिस गर्मीले गर्दा मरे । सन् २००३ मा पेरिसमा करीब चार हजार ९०० मानिसले गर्मीकै कारण ज्यान गुमाए ।
अनुसन्धानकर्ताहरूका अनुसार जलवायुमा तीव्र परिवर्तन आएका कारण गर्मी र उकुसमुकुस भएर मानिस मरिरहेका छन् । छिट्टो समयमा तापक्रम ह्वात्तै बढ्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको छ ।
वैज्ञानिकहरूका अनुसार कार्बन उत्सर्जन यही गतिमा भइरहने हो भने यो शताब्दीको अन्त्यसम्ममा विश्वका ७४ प्रतिशत मानिसले गम्भीर रोगको सामना गर्नुपर्ने हुन्छ ।
तर्साउने कुरा त, ग्रीनहाउस ग्यासको उत्सर्जन जति घटाएपनि संसारको ४७ प्रतिशत जनसंख्या सन् २१०० सम्म घातक लूको शिकार हुने नै छन् ।
अहिले संसारमा मानिसको क्रियाकलापका कारण १७० गुणा तीव्रताका साथ तापक्रम बढिरहेको छ ।
मानिसको शरीरले ३७ डिग्री सेल्सियस शरीरको तापक्रम सशन सक्छ । तर तातो हावाको लूले चपेटामा पार्दा मानिसले सहन नसक्ने स्थिति आउँछ । शरीरबाट पसिना निस्कन पाएन भने घातक हुन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads