Loading...
सामाजिक सेवा सम्मानबाट म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन विश्वकर्मा सम्मानित

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बहादुर विश्वकर्मा काठमाण्डौमा सम्मानित भएका छन् । बुधबार नागरिक एकता समाजले काठमाण्डौमा आयोजना कार्यक्रमा रक्षामन्त्री भिमसेन दास प्रधानले कदरपत्रले सम्मान गरेका हुन् ।
विगत लामो समयदेखी ब्यवसायीक तथा सामाजिक सेवाका क्षेत्रका साथै म्याग्दी जस्तो दुर्गम जिल्लाको नीजि क्षेत्रको नेतृत्व गरी मुलुकको आर्थिक विकास, सामाजिक सेवा र नागरिहरुको सेवामा सक्रिय रहेको भन्दै उद्योग ब्यवसाय, प्रर्वधन एवम् सामाजिक सेवा सम्मान–२०७४ बाट विश्वकर्मालाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा नेपाल सरकार बाणिज्यमन्त्री मिन विश्वकर्मा लगाएत उद्योग, सामाजिक तथा संस्थागत रुपमा सफल भएका ब्यक्तिलाई सम्मान गरिएको थियो । ‘देशका प्रतिष्ठित ब्यक्तिहरुसंगै सम्मानित हुदाँ थप जिम्मेबारी थपिएको महसुस भएको छ । ब्यवसायीक संगै सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय हुनेछु’ अध्यक्ष विश्वकर्माले भने ।
म्याग्दी जिल्लामा सफल सुनचाँदी ब्यवसायीका साथै म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेबारी सम्हालेपछि विभिन्न सामाजिक कार्यमा सफल विश्वकर्माले निजी ब्यवसायका साथै आफ्नो सामाजिक, धार्मिक तथा विभिन्न क्षेत्रमा ब्यक्तिगत रुपमा पुर्याएको योगदानको आधारमा सम्मान गरिएको नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले बताए ।
उनले समाजमा स्थापित भएकाहरूको काम, योगदान लगाएतका पुरस्कृत गनुपर्ने आधारहरू तय गरी छनौट समितिमार्फत सम्मान गरिएको बताए । यसअगाडी समेत विश्वकर्माले सामाजिक, ब्यापारिक, धार्मिक क्षेत्रको प्रर्वधनमा समेत योगदान पुर्याएको भन्दै सम्मानित भएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads