Loading...
बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, दर्जनबढी व्यक्ति बेपत्ता

काठमाडौं, २८ साउन– शुक्रबार बिहानदेखिको अभिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोमा परी १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । 



गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनाको ज्यान गएको छ ।



बाढी र पहिरोका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांके जिल्लाहरुका विभिन्न स्थानहरुमा बढी क्षति पुगेको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ । 



यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गृह मन्त्रलयले जनाएको छ । 



बाढी र पहिरो पीडितको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न सामाजिक संस्थामा आवद्ध स्वंयसेवक परिचालन गरिएका छन् । 



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads