Loading...
उत्कृष्ट नवगायीका अवार्ड पाइन बुनुले



सुन्दरादेवी सन्देश म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । मोफसलहुँदै आएको यो अवार्ड धादिङको ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको हो । उक्त समारोहमा उत्कृष्ट नव गायिकाको अवार्ड टुट्यो टुट्यो बोलको गितका लागि बुनु उप्रेतिले पाएकी छन् ।
नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा भएको अवार्डमा २७ विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रङ्ग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५ हजार ५सय ५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै कलाकार रश्मि तामाङ ३३ हजार ३ सय ३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लिले गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले आफूहरुले सिमित स्रोत साधनबीच मोफसलबाट निरन्तर रुपमा यो अवार्ड गर्न सफल भएको भन्दै कलाकारहरुलाई सम्मान गर्दै जाने बताए । उनले आगामी दिनमा यो अवार्डलाई देशका विभिन्न भागहरु समेत गर्ने जानकारी दिए ।
अवार्डमा राजधानीबाट नायिका सञ्चिता लुईटेल, सारिका घिमिरे, देखी चर्चित कलाकार, गायक–गायिका, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड चुम्न सफलहरुः-
आधुनिक तर्फ
गायक कृष्ण काफ्ले– ला छैन् माया पिरती, 
गायिका सहिमा श्रेष्ठ –तिमी बोल, 
नव गायिका बुनु उप्रेति–टुट्यो टुट्यो, 
गीतकार डा. कृष्णहरी बराल–मेरो चरित्रमा शंका गर्ने तिमीको, 
सङ्गीतकार सुरेन्द्र श्रेष्ठ–म रुँदा, 
मोडल महिला जान्वी बोहरा–चित्त यो मेरो
मोडल पुरुष केकी अधिकारी–झड्का, 
म्युजिक भिडियो निर्देशक नविन गुरुङ–उडि जाने, 
म्युजिक भिडियो सम्पादन दिपक विष्ट – कोहि कोहिको माया
म्युजिक भिडियो छायांकार अजय रेग्मी–कोहि कोहिको माया
पब्लिक च्वाइस अवार्ड खुस्बु खड्का– तिमी बोल
एस.एम.एस भोटिङ अवार्ड मञ्जिता केसी–सम्झेर फेरी रहेका छन् ।
त्यस्तै लोकदोहोरी तर्फ
गायक मौसम गुरुङ–तिमी फुल हौ कालि, 
गायिका भुमिका गिरी –सातो पुत्लो गयो, 
नव गायक तिलक परियार – तोरी हरियो, 
नव गायिका टिका तारमि मगर– गुन्द्रुक सिन्की, पकाउनु पर्दैन, 
शब्द शिखर गजरकोटे – चरि भएदेखी, 
लय उद्धव कार्की नुवाकोटे–कोहि भन्दा, 
मोडल पुरुष दुर्गेश थापा – तिमी फुल हौ कालि, 
मोडल महिला रिना थापा मगर – भुरुरु पुतली, 
म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट – मायाले माया लुकायो, 
म्युजिक भिडियो सम्पादन प्रविण भट्ट – आज गाउँमा, 
म्युजिक भिडियो छायांकन दुर्गा पौडेल –आज गाउँमा,
जुरी अवार्ड कृष्ण रेउले – आज गाउँमा, 
पब्लिक च्वाइस अवार्ड मञ्जु गौतम – हेलम्बुको स्याउँ, 
पपुलर अवार्ड दिनेश थापा– बोेली नफेर, 
इन्करेजमेन्ट अवार्ड लिला गिरी – एक चोटी भेट्न पाएले चुम्न सफल भए ।
अवार्डको निर्णायक समितिमा रङ्गपत्रकार शान्तिप्रिय संयोजक र सदस्यहरुमा सङ्गीतकार सन्तोष श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको थिए । कार्यक्रममा विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुती दिएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads