Loading...
माओवादीद्वारा प्रधानमन्त्री राहत कोषमा ३५ लाख प्रदान

काठमाडौं, ७ भदौ । माओवादी केन्द्रले बाढीपीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।
बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
बाढीपीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका मुख्य सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले भने मन्त्रिपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads