Loading...
नयाँ शक्ति पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका सयौं नेता/कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका सयौं नेता/कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतवार राजधानीको तीनकुनेमा रहेको ताज बैंक्वटमा आयोजित कार्यक्रममा नयाँ शक्तिका पार्टी नेपालका नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकुमार यादवको नेतृत्वमा प्रदेश २ का दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई माओवादीमा भित्र्याएका हुन् ।
नेकपाका धौलागिरी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र केसीको नेतृत्वमा ७० जना भन्दा बढी नेताहरु पनि आजै माओवादी केन्द्रमा प्रबेश गरेका छन ।
नेता रामचन्द्र झा र रामकुमार शर्मा माओवादी प्रवेश गरेका यो पहिलो पटक भने होईन् । उनीहरु क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

रामचन्द्र झा र रामकुमार शर्माको पार्टी प्रवेश इतिहास
  • पार्टी प्रवेशका हिसावले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन ।
  • झाले अहिले माओवादी प्रवेश गरेरसँगै चौथो पटक ।
  • झा २०६९ चैत्र २४ मा एमालेबाट तत्कालिन एनेकपा (एमाओवादी)मा प्रवेश ।
  • तत्कालिन एमाओवादीमा तीन वर्षपनि टिक्न नसकेर डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश ।
  • खोटाङमा फरेष्टर रहँदा एमाले निकट झा जनयुद्धको प्रभाव विस्तारसँगै माओवादीमा सरिक भएका थिए ।
  • जयकृष्ण गोइतले ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि शर्मापनि त्यही मोर्चामा प्रवेश गरे ।
  • फेरि शर्मा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश ।
  • पहिलो मधेस आन्दोलन सम्झौतामा टुङ्गिएपछि फोरम विभाजित भएर उपाध्यक्ष भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास, जीतेन्द्र सोनललगायतका नेताहरुले गुप्ताको नेतृत्वमा छुट्टै फोरम निर्माण गरे फेरि शर्मा गुप्ता समूहमा प्रवेश
  • महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएपछि शर्मा पार्टीमा प्रवेश ।
  • शर्माले २०६६ साउन २३ मा तमलोपा परित्याग गरेर तत्कालिन एमाओवादीमा प्रवेश गरे ।
  • शर्माले संविधानसभा निर्वाचनको टिकट पाएर निर्वाचित भएको पार्टी परित्याग गरेका कारण २०६७ मा उनले संविधानसभा सदस्य परित्याग गर्नुपर्यो, उनले संविधानसभाबाट राजिनामा दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads