Loading...
भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत जलाएर नष्ट गरियो

पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो ।fire

यो वडामा पहिलो चरणको मतदानमा २८ सय ८७ मत खसेको थियो । मतपत्र जलाएको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले लखेटेका थिए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाकर्मीलाई पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads