Loading...
वाईसिएल उद्धारमा खटिने

Click to Load Image
काठमाडौं– योङ कम्युनिष्ट लिग नेपाल, प्रदेश नंम्बर २ ले  विगत केही दिनयताको बर्षासँगै आएको बाढि पहिरोबाट पीडितहरुको राहत तथा उद्धारमा सरकारी  पहल प्रभावकारी नभएको भन्दै प्रभावकारी बनाउन माग गरेको छ । 

वाईसिएल नेपालका प्रदेश नम्बर २ का सहसंयोजक तथा संगठन विभाग प्रमुख शंकर महतोले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश नम्बर २ को वारा, पर्सा, रौतहट सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीको जनजीवन अझै कष्टकर रहेको जनाएको छ । सो क्षेत्रमा बर्षा अझै नरोकिएका कारण सञ्चार, विद्युत र सडक सञ्जाल समेत अवरुद्ध भइरहेको भन्दै वासिएलले निकट भविश्यमा  हुन गइरहेको आफ्नो संगठनको राष्ट्रिय सम्मेलनको कामलाई थाति राखेर राहात, उद्धार र पुननिर्माणमा खटिने जनाएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads