Loading...
अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो


प्रताप बानियाँ/रुप्से दैनिक
जिल्ला युवा समिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा १७औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । ‘शान्ति र समृद्धिमा युवा’ भन्ने मूल नारासहित प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडिबाट शुरु भएको प्रभातफेरी ¥याली हुलाकचोक, न्युरोड, क्याम्पसचोक, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बैङ्करोड र बालमन्दिरचोक हुँदै पुनः प्रशासन कार्यालय अघि शहिद स्तम्भचोकमा पुगेर सम्पन्न भएको थियो ।
र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै जिल्ला युवा समितिका अध्यक्ष डिपी शर्माले युवा शक्ति राष्ट्रका लागि भएको बताउँदै हरेक युवा उत्पादनसँग जोडिनुपर्ने बताए । उनले पछिल्लो समय सरकारले पनि युवालक्षित कार्यक्रम तथा अनुदान सहयोग लगायतका विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै समाज परिवर्तनका लागि युवाहरु व्यावसायिक रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लास्थित क्रियाशिल राजनीतिक दल, सरकारी कार्यालय, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads