Loading...
डिएसपीको दादागिरी, पत्नीको नाममा होटेल चलाउँदै

काठमाडौं, २४ साउन । बर्दीको आडमा सशस्त्र प्रहरीका एक डिएसपीले एक घरानियाँ शिक्षकलाई कतिसम्म दुःख दिएका रहेछन भन्ने कुराको प्रमाण फेला परेको छ ।
कानूनका पालना गर्दै अरुलाई समेत पालना गर्न सिकाउनु पर्ने प्रहरीले नै कानून उल्लंघन गर्दै सोझासिधा ती शिक्षकको करोडौं रुपैयाँ खाएको रहस्य खुलेको हो । आजको दैनिक खबरले लेखेको छ ।
सशस्त्र प्रहरीका डिएसपी रहेका प्रवीण कंडेलले चक्रपथ भाटभटिनी नजिक रहेको भाबनाकुमार श्रेष्ठको घर जग्गा श्रीमती संगीताकुमारी प्रसाइँ कँडेलको नाममा लिजमा लिई कब्जा गर्ने रणनीति बनाएको खुलासा भएको छ । कँडेलले शिक्षकको फाइदा उठाउँदै कब्जा गर्ने नियतले उक्त घर २५ वर्षको लागि मासिक एक लाख ७५ हजारका दरले भाडामा लिएका थिए ।
सामान्यता प्रायः ५ देखि १० वर्षको मात्र करार हुने गर्छ । तर, २५ वर्ष करार गरी घर भाडामा लिएका डिएसपी कँडेलले उल्टै बिगत २० महिनादेखि भाडा तिरेका छैनन् ।
शक्तिको आडमा उनले घरधनी श्रेष्ठलाई पटक–पटक महाराजगञ्ज बृत्तमा लगेर मानसिक पीडा दिने गरेको पीडितले बताए ।
२०७२ मंसिरदेखि भाडा नबुझाई गुण्डागर्दी शैलीमा त्यहि घरमा होटल समेत चलाउँदै आएका डिएसपी कँडेलले १३ वैशाख २०७३ मा जिल्ला अदालत काठमाडौंमा दुई करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दर्ता गराएका थिए ।
करार नामाको अनुच्छेद ९ मा उल्लेख भए बमोजिम करार अबधिभर करार बदर गर्नु परेमा दुई करोड क्षतिपूर्ति दिनुपर्ने शर्तलाई आधार बनाएर डिएसपी कँडेलले मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दा ४ फागुन २०७३ मा हारिसक्दा पनि डिएसपी कँडेलले घर खाली गर्नु त परै जाओस् भाडासमेत नतिरी ‘डनगिरी’ अपनाएका छन् ।
प्रहरी सेवामा रहेका कँडेलले उक्त घर श्रीमतीको नाममा भाडामा लिएर होटल चलाएका छन भने, अन्य भाग भाडामा लगाएका छन् । डिएसपीको कारण घर धनी श्रेष्ठ भने बैंकको ब्याजसमेत तिर्न नसकेर पागल जस्तै भएका छन् ।
श्रेष्ठ कतैबाट न्याय नपाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठको सचिवालयमा उजुरी हाल्ने तयारीमा छन

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads