Loading...
देवी ज्ञवालीको अग्रता कायम, रेणुले अन्तर घटाउँदै


भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २ हजार ७ मत गन्दा रेणु दाहालले ३ सय ६७ मतले अग्रता लिएकी छिन् । १९ नम्बर वडामा मात्रै एमालेका देवीले ६८९ ल्याँदा माओवादीकी रेणुले १०५६ मत र राप्रपाले ४ मत प्राप्त गरेका छन् ।
तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । देवी यसअघि ७८४ मतले अगाडि भएका कारण मतान्तर ४१७ मात्रै बनेको छ ।
देवी ज्ञवालीले ४१ ह्जार ६ सय ६९ मत प्राप्त प्राप्त गरेका छन् भने रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन् ।
यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार १ सय ४० मत र दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गरेकी छिन् ।
भरतपुर १९ को शुक्रबार पुनः मतदान भएको थियो । शुक्रबार भएको मतदानमा २८ सय ७० मत खसेको थियो । १९ नम्बर वडाको सकिएपछि भरतपुर २० को ३३ सय २ मत गणना हुनेछ ।
यसअघि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको ४० हजार ९८० र माओवादी उम्मेदवार रेणु दाहालको ४० हजार १९६ मत आएको छ । २९ वडामध्ये एमाले १४, काँग्रेस १० र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएका छन् ।
एमाले उम्मेदवार ज्ञवाली र माओवादीकी दाहालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads