Loading...
भारतीय बाबा राम रहिमलाई १० वर्षको जेल सजाय


नयाँ दिल्ली, १२ भदौ– डेरा सच्चा सौदाका प्रमुख तथा भारतका विवादित बाबा गुरमित राम रहिम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ । एक भिक्षुणी (साध्वी)लाई बलात्कार गरेको अभियोगमा पञ्जाव–हरियाणा उच्च अदालतले राम रहिमलाई १० वर्षको जेल सजाय सुनाएको हो । 

सन् २००१ मा एक साध्वीले आफूमाथि बाबाले बलात्कार गरेको भन्दै प्रधानमन्त्री कार्यालय र अन्य सरकारी निकायलाई पत्र पठाएकी थिइन् । 

सोही पत्रमाथि गरिएको अनुसन्धानका अनुसार बाबा राम रहिम दोषी ठहराइएका थिए । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)को अदालतले बाबा रहिमलाई दोषी ठहर गरेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads