Loading...
रोनाल्डोलाई १२ खेलको प्रतिबन्ध लाग्न सक्ने

रियल मड्रिडका स्टार फूटबलर क्रिस्चियानो रोनाल्डोलाई १२ खेलमा प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

स्पेनिस सुपर कपको पहिलो चरणमा बार्सिलोनाविरुद्धको खेलमा दोस्रो पहेंलो कार्ड पाएपछि रिसाएका रोनाल्डोले रेफ्री रिकार्डो दे बुर्गोस बेंगोएट्सियालाई हल्का धक्का दिएका थिए ।
रिकार्डोले म्याच रिपोर्टमा धक्काको कुरा उल्लेख गरेका छन् ।
यसरी रेफ्रीलाई धक्का दिँदा १२ वटा खेलमा प्रतिबन्ध लाग्नसक्ने नियम स्पेनिस फेडेरेसनको नियम पुस्तिकाको धारा ९६ मा उल्लेखित छ ।
धारा ९६ त्यस्ता खेलाडीलाई लाग्छ जसले रेफ्रीलाई ‘हल्का हिंस्रक रूपमा’ अँठ्याउने, धकेल्ने वा हल्लाउने काम गर्छन् । यसमा चारदेखि १२ खेलसम्मको निलम्बनको सजाय छ ।

स्पेनिस फेडेरेसनको कम्पिटिसन कमिटीले अब रोनाल्डोको भाग्यको फैसला गर्नेछ । रेड कार्डका कारण एउटा खेल गुमाउन बाध्य रोनाल्डोले थप कति खेलमा निलम्बन हुनुपर्ने हो कमिटीले नै निर्णय गर्नेछ ।
रोनाल्डोले पाँच वा बढी खेलमा प्रतिबन्ध बेहोरेमा यसले ला लिगा लगायत सबै स्पेनी प्रतिस्पर्धामा असर पार्नेछ । चार वा त्यसभन्दा कम खेलमा निलम्बन भएमा सुपर कपमा मात्र लागू हुनेछ ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads