Loading...
जिम गएर मात्र केही हुँदैन, अनिवार्य खानुहोस् यी पाँच खानेकुरा


जिममा गएर तपाई घण्टौं पसिना बगाउनुहुन्छ । तर यदि तपाई यी ५ खानेकुरा खानुहुन्न भने त्यो सबै बेकार हुन जान्छ । यदि तपाई स्वस्थ्य रहन चाहनुहुन्छ भने जिम जानुका साथ साथै नियमित यी ५ खानेकुरा पनि खाने गर्नुहोस् । 

जौं 

फिट र हेल्दी रहनु छ भने फाइबर आवश्यक पर्छ । यस्तोमा जिम जानुका साथै ब्रेकफास्टमा अन्य खानेकुराको ठाउँमा जौंबाट बनेका खानेकुरा खानुहोस् । जौंमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, खनिज तथा भिटामिन प्रचुर मात्रामा हुन्छन् । यसले शरीरलाई पर्याप्त मात्रामा फाइबर पनि पाइन्छ । जौंबाट अतिरिक्त फ्याट पनि मिल्दैन्, जो शरीरमा मोटोपन बढाउन मद्दत गर्छ । 

केरा
जिम जानेबेला धेरै इनार्जी आवश्यक पर्छ । यस्तोमा मात्र अन्न खानाले शरीरलाई आवश्यक पर्ने उर्जा प्राप्त हुन सक्दैन । तपाईले केरा खानु जरुरी छ । किनकी केरामा थाइमिन, नियासिन फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा हुन्छ । यसका अतिरिक्त केरा उर्जाको लागि राम्रो स्रोत पनि मानिन्छ । जसले तपाईको शरीरलाई उर्जावान बनाउन मद्दत गर्नेछ । 

माछा पनि खानुहोस् 

जिममा वर्कआउट गर्दा मांसपेशीमा दबाव पर्छ । यस्तोमा यदि हामीले मांसपेशीलाई बलियो बनाउन कुनै विशेष खानेकुरा खाएनौं भने कमजोरी बढ्ने डर हुन्छ । यसकारण जिम जाने व्यक्तिले माछा खानु जरुरी हुन्छ । माछाले मांसपेशी निर्माण गर्न तथा बोसो कम गर्न मद्दत गर्छ । 

ब्रोकाउली
हड्डीलाई बलियो बनाइराख्न आइरनको धेरै आवश्यकता हुन्छ । यस्तोमा ब्रोकाउली खाने गर्नुहोस् । ब्रोकाउलीमा प्रचुर मात्रामा आइरन, प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी पाइन्छ । जो शरीरका लागि धेरै लाभदायक हुन्छ । 

अण्डा
अण्डा नखाएर बडि बनाउनु अपूरो मानिन्छ । मशल्स बनाउन तथा फिट रहनका लागि प्रोटीन धेरै आवश्यक हुन्छ । एक अण्डामा ६ देखि ८ ग्राम प्रोटीन पाइन्छ । यसकारण जिम जाँदा तपाईले दैनिक ५–६ ओटा अण्डा खानु जरुरी हुन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads