Loading...
डोटीमा जिप दुर्घटना, नौ यात्रुको मृत्यु

फाइल तस्बिर
डोटी, २१ साउन । डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटना भएको छ ।
शुक्रबार राति करिव दश बजे जिप हुँदा नौजनाको घटनास्थमा मृत्यु भएको छ । घटनामा ४ जना गम्भीर घाइते भएका छन् । कटैगाउँको धार नजिकै जिप दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ वर्षीय बिष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शशिराम बहादुर पुनमगर, ४५ वर्षीय ललितादेबी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ वर्षीय चालक कृष्णबहादुर नेघीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिबबहादु सिंहले जानकारी दिनुभयो ।
शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट तल भिरमा खसेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads