Loading...
परिवर्तन नेपालले गरेका केही परिवर्तन र कार्यक्रमहरु(फोटोफीचर)

समय आफै पनि परिवर्तन शिल छ । त्यसमाथि पछिल्लो समय नेपालमा भएका पहिचानको आन्दोलनले त धेरै नै परिवर्तन ल्याएको छ । यस्तै शिलशिलामा परिर्वतन नेपाल नामक संस्था २०६६ सालमा स्थापना भएको हो । परिवर्तन नेपाल नामक संस्थाले ‘निलहिरा’ समाजको साझेदारिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानब अधिकारको क्षेत्रमा कार्य गर्ने गर्दछ । यस संस्थाको मुख्य कार्य समुदायमा आफ्नो पहिचान गुमाएर बसेका यस समुदायका ब्यक्तिलाई पहिचान दिलाउने तथा उनिहरुको मानब अधिकार हनन् र समाबेशिको क्षेत्रमा जोड दिने रहेको छ । जिल्लाका सरकारी तथा गैर सरकारी तथा मानब अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था संग सहकार्य तथा समन्वय गरी यस संस्थाले काम गर्ने गर्दछ । 
लैङ्गीक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने हेतुले दर्ता भएको परिवर्तन नेपालको बारेमा पनि केही उल्लेख गर्न आवश्यक रहन्छ यहाँ । परिवर्तन नेपाल संस्थाको ९ सदस्यीय कार्य समिती र ४ जना सल्लाहकार रहेका छन् । यस संस्थाको कामलाई अगाडी बढाउनका लागि परिवर्तन नेपालमा एक जना कार्यक्रम संयोजक एक जना मानब अधिकार आउटरिच तथा एक जना पहिचान मिडिया सहायक रहेका छन् ।
परिवर्तन नेपालले पछिल्लो समयमा गरेका केही कार्यक्रमहरु ः–
परिवर्तन नेपालले चालु सन २०१७ मा विविन्न स्थानमा लैङ्गीक अल्पसंख्यकहरुको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरासँगको सहकार्यमा पनि कार्यक्रमहरु अगाडी बढाइएको छ । त्यसैगरी पृथ्वी नारायाण क्याम्पस पोखरामा रहेका विद्यार्थीहरु सँग अन्तरक्रिया । कास्की तथा यसको आसपासका क्षेत्रमा रहेका विभिन्न कलेजका विधार्थीहरुसँग अन्तरक्रिया । संबिधान सुचना केन्द्र सँगको सहकार्यमा कार्यक्रम गरिएको छ ।  प्रहरीहरु संग अन्र्तक्रिया कार्यक्रम तथा  राष्ट्रिय मानव अधिकार आयोगमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै मानव अधिकार तथा अभिलेखिकरण सम्बन्धि १ दिने तालिम पनि हालै सम्पन्न भएको छ ।
परिवर्तन नेपालले गरेको कार्यक्रम ः–
यौनीक तथा लौगीक अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउन १ महिने ड्राइभिङ तालिम हालै कास्कीको पोखरामा सम्पन्न भएको छ ।
परिवर्तन नेपालले हासिल गरेको हाल सम्मको उपलब्धीहरु 
– पोखरा लेखनाथ महानगर नगरपालिका र जिल्ला विकास समितीले बजेट छुट्टाएको छ ।
– समुदायका साथिहरु आफ्नो पहिचान सहित खुलेर आउने क्रम बढी रहेको छ ।
– बिभिन्न संजालमा यस संस्थाको अर्थपुर्ण सहभागिता हुने क्रम बढ्दो छ ।
– बिभिन्न सञ्चार माध्यमले सहयोग गरेको ।

– इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले हरेक कार्यक्रममा समान अवसर र समावेश गराएको छ । 
– समुदायका साथीहरुको क्षमता बिकास भएको ।
– स्थानिय स्तरका सरकारी तथा गैर सरकारी संघ संस्थाहरु बिच समन्वय तथा सहकार्य ।
हाल सम्म भोगेका चुनौती र समस्याहरु
अहिलेको सूचना तथा सञ्चारको दुनियामा पनि परिवर्तन नेपाललाई इन्टरनेट र ल्यापटप नहुु‘दा समयमा इमेल हेर्न, रिर्पोट बनाउन र पठाउन समस्या भै रहेको छ । साथै  भौगोलिक बिकटता तथा आर्थिक अभावका कारण ग्रामिण क्षेत्रमा कार्यक्रम सञ्चालनमा निकै कठीनाई परेको छ । त्यस्तै संस्था स्थापनको छोटो समयमा पनि धेरै प्रयास गरिएको भएतापनि सिमित बजेटले गर्दा कार्यालय ब्यबस्थापनमा समस्या भै रहेको छ । अहिलेको अवस्थामा संस्थाको आफ्नो भौतिक संरचना नहुँदा अफिस ब्यबस्थापनमा समस्या भै रहेको छ ।
मानव अधिकार तालिम
पोखराको प्यालेस होम एण्ड रेष्टुरेन्टमा यही २०१७ मार्च १८ मा जिल्ला विकास समिति कास्कीको सहयोगमा मानवअधिकार तथा अभिलेखिकरण सम्बन्धी एक दिने तालिम सम्पन्न गरियो । परिवर्तन नेपालले आयोजना गरेको उक्त तालिममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानवअधिकार संरक्षण गर्ने उद्देश्य सहित आयोजना गरिएको थियो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले परिवर्तन नेपाल २०६६ जेठ १७ गते स्थापना भएको एक मुनाफा रहित संस्था हो । यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकाय लगायत जिम्मेवार निकायहरुसंग समन्वय गर्दै यौनिक तथा लैङ्गिक अल्ससंख्यकहरुको हक अधिकारआदीको बारेमा वकालत गर्दै आईरहेको छ । जस अन्तरगत  मानव अधिकार तालिम, कानुनी परामर्श, पत्रकार सम्मेलन लगायत गोष्ठी, स्थानिय मानवअधिकारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन गर्दै आईरहेको छ । निलहिरा समाजको नर्वेजियन परियोजना अन्र्तगत रहेर परिवर्तन नेपालले समलिंगी तेस्रोलिंगीहरुको हक अधिकारको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । यसै सिलसिलामा जिल्ला विकास समिती कास्कीको वार्षिक बजेट अन्तरगतबाट यो समुदायको लागि छुट्याइएको रकमबाट यसै समुदायको मानिसहरुलाई मानव अधिकार तथा अभिलेखिकरण सम्बन्धि १ दिने तालिम सम्पन्न गरेको छ ।
समाजमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुलाई मानव अधिकारको बारेमा जानकारी दिनुका साथै अभिलेखिकरण फाराम भर्न सिकाउने मुल उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानव अधिकार सम्बन्धि हालको अवस्थाको बारेमा जानकारी दिने र हाम्रो समाजमा लुकेर बसेका समलिंगी तेस्रोलिंगीहरुलाई खुलेर आउन प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको थियो । 
मानव अधिकार तथा अभिलेखिकरण तालिममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी सबैलाई स्वागत गर्दै नौलो बिहानीका रोशनी राईले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि आफ्नो अधिकार सुनिश्चित गर्न सबैलाई प्रोत्साहन गरेका थिए । तालिममा परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्रीले संस्थाको परिचय दिदै संस्थाले गर्ने कार्यहरु तथा संस्थाका उपलब्धिहरुको बारेमा जानकारी गराउनु भएको थियो । साथै उनले समलिंगी तेस्रोलिंगीको बारेमा जानकारी दिएका थिए । समान लिंग प्रति आकर्षित हुने, जन्मदा एउटा यौनांग लिएर जन्मेको भए पनि हुर्कदै बढ्दै जादा फरक व्यवहार गर्ने स्वभाव यो समुदायमा भएको भनि उनले आफ्नो प्रस्तुतीकरणमा उल्लेख गरेका थिए । त्यस्तै पश्मिाञ्चल कार्यक्रम संयोजक विन्दिया गौतमले मानव अधिकार तथा समलिंगी तेस्रोलिंगीको हालको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले पहिचान अनुसारको नागरिकता पाउने व्यवस्था, राहदानीमा एक्स उल्लेख गर्न पाउने व्यवस्था, कक्षा ६, ७, ८ मा समलिंगी तेस्रोलिंगी बारे जानकारी आदिको बारेमा उल्लेख गरे । साथै उनले अझै पनि समलिंगी तेस्रोलिंगीहरुलाई विभेदको कारणले खुलेर आउन नसकेको बताए । तालिममा अभिलेखिकरण तथा सो को फारम भर्न अञ्जली थापाले सहजीकरण गरेकी थिइन् । 
घटना विषयवस्तुमा आफुलाई आवश्यक परेका सुचना प्राप्त गर्ने, पाईएका सुचनाहरुलाई व्यवस्थित गर्ने, व्यवस्थित सूचनालाई प्रस्तुत गर्ने कार्यलाई अभिलेखिकरण भनिन्छ भन्दै मानव अधिकार उल्लंघनको तथ्य स्थापित गर्न, मानव अधिकारको शिक्षा दिन, मानवअधिकार उल्लंघनका पिडितहरुलाई तत्काल राहत दिन, न्यायमा पहुच पु¥याउन जस्ता कार्यमा अभिलेखिकरण महत्वपुर्ण रहेको बताए । तालिममा उनले अभिलेखिकरण गर्दा भरिने उजुरी फाराम भर्न सिकाउनु भएको थियो । रोशनी राईले आफु तेस्रोलिंगी भएको कारणले खेप्नुपरेको समस्या बताउदै तर पनि हिम्मत नहारीकन निडरका साथ लागि परेकोले आफु अहिले यो स्थानमा आउन सफल भएको र समाजले अझै पनि नराम्रो दृष्टिले हेरे पनि आफ्नो अधिकारको बारेमा वकालत गर्न सकेको बताउदै अरुले केही भन्छ कि भनेर आफ्नो पहिचान लुकाएर बस्न भन्दा खुलेर आउन हौसला प्रदान गरेका थिए । सहभागिको तर्फबाट बोल्दै चाउथेका सोमी रानाले हामीलाई हाम्रो अधिकार के हो भन्ने बारेमा नै थाहा थिएन त्यसैले कसैले जिस्काउदा हेप्दा पनि सहेर बसेका थियौ कसैले कुटपिट गर्दा पनि डरले कतै उजुरी गर्दैन्थ्यौ । तर आजको यो तालिमले हामीलाई हिम्मत दिएको छ । हामी पनि हाम्रो अधिकारको बारेमा जान्यौ बुझ्यौ र अरु साथीहरुलाई पनि बताउने छौ भन्दै आयोजक संस्था तथा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । तालिमको अन्ततिर राजु थकालीले नौलो बिहानीको बारेमा परिचय दिएका थिए र तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै कहि कतै हिंसा परेको छ भने यस्तो उजुरी फाराम भरेर हाम्रो अफिस अथवा राष्ट्रिय मानव अधिकार आयोगमा दिन सकिन्छ भनि कार्यक्रमको समापन गरेका थिए ।
परिवर्तन नेपालले आयोजना गरेको तालिममा सहभागीहरुले आफ्नो अधिकारको बारेमा जानकारी पाएका छन् । LGBTIको हालको अवस्था, राज्यले यो समुदायलाई प्रदान गरेको व्यवस्थाहरुबारे जानकारी प्राप्त गरेका छन् । सहभागीहरुले अभिलेखिकरण फाराम भर्न सक्ने भएका छन् । सहभागीहरुमा आफुलाई परेको हिंसाको विरुद्ध आवाज उठाउन सक्ने हौसला प्राप्त भएको छ ।  तालिमबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २५ जना लाभान्वित भएका छन् ।
जिल्ला विकास समितिको सहयोगमा संचालित यो कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २५ जना मात्र समावेश गर्न सकिएकोमा वर्षेनी बजेटमा केही थप गर्न सके यस्ता तालिमहरुबाट यो समुदायका धेरै जना लाभान्वित हुने थिए । 
आजको यस तालिम सफलताका साथ सम्पन्न भयो । जिल्ला विकास समितीको सहयोगमा संचालित यस तालिममा २५ जना समलिंगी तेस्रोलिंगीहरु लाभान्वित भएका छन् । आफ्नो अधिकारको बारेमा जान्न पाउदा र हिँसा परेमा गोप्य रुपमा उजुरी गर्न पाइने व्यवस्थाबारे जानकारी पाउदा अबका दिनमा हिंसा भएमा सहेर नबस्ने र आफ्नो अधिकारको बारेमा अरुलाई पनि बताउन सक्षम भएका छन् । 
सवारी चालक तालिम
यौनीक तथा लौगीक अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउन  आयोजित १ महिने ड्राइभिङ तालिम सञ्चालन गरियो । परिवर्तन नेपालको पहलमा  पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा पोखरामा एक महिने सवारी चालक तालिम सम्पन्न भएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले परिवर्तन नेपाल २०६६ जेठ १७ गते स्थापना भएको एक मुनाफा रहित संस्था हो । यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकाय लगायत जिम्मेवार निकायहरुसंग समन्वय गर्दै हाम्रो समुदायको हक अधिकार आदीको बारेमा वकालत गर्दै आईरहेको छ । जस अन्तरगत  मानवअधिकार तालिम, कानुनी परामर्श, पत्रकार सम्मेलन, बिभिन्न धर्ना जुलुस लगायत गोष्ठी, स्थानिय मानवअधिकारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन गर्दै आईरहेको छ । निल हिरा समाजको नर्वेजियन परियोजना अन्र्तगत रहेर परिवर्तन नेपालले समलिंगी तेस्रोलिंगीहरुको हक अधिकारको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । यसै सिलसिलामा पोखरा लेखनाथ महानगरपालिका कास्कीको वार्षिक बजेट अन्तरगतबाट यो समुदायको लागि छुट्याइएको रकमबाट यसै समुदायको १० जना मानिसहरुलाई १ महिने ड्राइभिङ तालिम दिइएको थियो । 
यौनीक तथा लैगीक अल्पसंख्यकहरुलाई स्वावलम्बन गराउनु । यौनीक तथा लैगीक अल्पसंख्यकहरुलाई जिविकोपार्जनमा सहयोग गरी आत्मनिर्भर बनाउने उद्देश्य सहित तालिम आयोजना गरिएको थियो । तालिममा पश्चिमाञ्चल क्षेत्रका १० जनाको सहभागिता रहेको थियो ।
पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा परिवर्तन नेपालले श्री जयलक्ष्मी ड्राइभिङ इन्स्टिच्युट मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १० जना सदस्यहरुका लागि १ महिने ड्राइभिङ तालिम सम्पन्न गरेको छ । प्राप्त तालिमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुलाई जिविकोपार्जनका लागि बाटो खुलेको छ । परिवार, समाज र राज्य तहबाट नै तिरस्कृत भएर बाँच्न बाध्य यो समुदायलाई महानगरपालिकाले दिएको आर्थिक सहयोगका कारण अबको जीवन सहज तरिकाले जिउन सक्ने छन् । ड्राइभिङ तालिमका दौरान रजिस्ट्रेसन, तालिम, प्रमाणपत्र बापत लाग्ने खर्च प्रति व्यक्ति १२ हजार रुपैंया र लाइसेन्सको लागि दिइने ट्रायल सिकाइने प्रक्रियाका लागि प्रति व्यक्ति ३ हजार गरि एकमुष्ट प्रति व्यक्ति १५ हजारका दरले इन्स्टिच्युटमा बुझाइएको थियो ।
एक महिने ड्राइभिङ तालिम पश्चात यो समुदायका सदस्यहरुमा आत्मनिर्भर बढेको छ ।  आफ्नो क्षमता अनुसार आफ्नो खुट्टामा उभिइ जिवन धान्न सक्ने भएका छन् । यो तालिमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १० जना सदस्यहरुले समाजमा खुलेर आफ्नो पहिचानका साथ जिवन सहजताका साथ अगाडी बढाउन सक्ने भएका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको बार्षिक बजेट अन्तरगत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि छुट्याइएको बजेट मार्फत १० जना सदस्यहरुले ड्राइभिङ तालिम सिकेर आत्मनिर्भर बन्न सकेका छन् । समाजमा आफ्नो पहिचान खुलाउन नसक्ने अवस्थामा यस्तो जिविकोपार्जन सम्बन्धि तालिमले परिवार, समाजबाट हेपिए पनि आफुसंग भएको सीप र क्षमताले जिवनलाई सहज रुपमा अगाडी बढाउन सक्ने भएका छन् । 
 परिवर्तन नेपालका पश्मिाञ्चल कार्यक्रम संयोजक विन्दिया गौतम सँगको कुराकानीमा आधारित







0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads