Loading...
नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको कोर्टमा

काठमाडौं, २ भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको कोर्टमा छाडेर स्वदेश फर्केका छन् ।
उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि नयाँ ढोका खोलेको यस क्षेत्रका विज्ञहरूको भनाइ छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमा राजनीतिक शैलीमा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरू बताउँछन् । वाङ ग्वाङजाओ वाङडोङ मोडलका एक प्रमुख अभियन्ता हुन् ।
उनी निकै शक्तिशाली र महत्वपूर्ण नेताका रुपमा चीनमा उदाइरहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads