Loading...
हुम्लामा बेमौसमी तरकारीखेती तालिम

 हुम्ला, १२ भदौ । समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालिम सम्पन्न भएको छ ।
तालिममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले प्रमाणपत्र वितरण गर्नुभयो ।
जिल्ला संयोजक राजबहादुर रोकायाले तरकारी बन्दाकोपी, मुला, धनिया, प्याज, लसुन र सागपातलगायतका हिउँदे तथा वर्षे तरकारी स्थानीय स्तरमै उत्पादन हुन थालेकाले सहज र सुपथ मुल्यमा तरकारी पाउन सकिने भएको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads