Loading...
तीज गीत ‘घन्काइदेऊ मादलु’ मा पार्वती राईको नृत्य


काठमाडौं, ३१ साउन – तीज नजिकिँदै गर्दा तीजका गीत रिलिज हुने क्रम पनि बढेको छ । यसै क्रममा बबिता सिटौलाले ‘घन्काइदेऊ मादलु’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

एल्बम् ‘हृदय’ मा संग्रहित घन्काइदेऊ मादलु बोलको गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ भने बबिता सिटौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोलाई नविन बाबु गुरुङले निर्देशन गरेका छन् । भिडियोमा मोडल पार्वती राईको नृत्य देख्न सकिन्छ । गीतका शब्द मौलिक छन् । 

एल्बममा हृदयमा मायालाई भरेर, लाग्यो भदौ ममन मेरो रमायो, रातो टीका चुरा पोते लगायतका गीत संग्रहित छन् । एल्बमलाई कलानिधि रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads