Loading...
गृहमन्त्री शर्माले प्रहरीभित्र ठूलो बिखण्डन ल्याएको खुलासा, डा.कोइरालाद्वारा विरोध

काभ्रे, १४ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षा सल्लाहकारको सचिवालय मन्त्रालयको सट्टा प्रहरी प्रधान कार्यलयमा राखेर प्रहरी फोर्सभित्र बिखण्डन ल्याउँन खोजेको आरोप लगाउनु भएको छ ।
महिला संघ काभ्रेको बनेपा नगर समितिले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले जनार्दन शर्माले प्रहरीभित्र दोहोरो शासन सञ्चालन गर्न लागेको बताउनु भएको हो । ‘गृहमन्त्रीले आफ्नो सरक्षा सल्लाहकार राख्ने बहानामा प्रहरी प्रशासनमा अराजकता पैदा गर्न लाग्नु भएको छ’, उहाँले भन्नुभयो ।
नेपाल प्रहरीसहित सुरक्षा निकायहरूमा गृहमन्त्री शर्माको चरम हस्तक्षेप बढेको भनेर आरोप लागिरहेका बेला कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले सुरक्षा निकायमा धेरै हस्तक्षेप नगर्न चेतावनी दिनुभएको हो ।
नेता डा.कोइरालाले शीर्ष नेताहरूका बीच गुटबन्दी र भागबण्डाको राजनीति हावी भएकाले कांग्रेस कमजोर भएको बताउनु भयो । ‘राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर भएको फाइदा एमाले र माओवदीले उठाउन थालेका छन्’ उहाँले भन्नुभयो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads