Loading...
वाईसीएलको निर्णय : भ्रष्टाचारी खोज्नेदेखि १००० युवालाई रोजगार दिनेसम्म

९ भदाै, काठमाडाैं । माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्यूनिष्ट लीग (वाईसीएल) नेपालले भ्रष्टाचारी खोज्नेदेखि सात वटै प्रदेशमा स्वास्थ्य शिविर सन्चालन गर्ने निर्णय गरेको छ ।

सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सूची तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान चलाउने निर्णय वाईसीएलले गरेको छ ।
यही भदौ २ गतेदेखि ४ गतेसम्म सन्चालन भएको एकताको राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिको पहिलो, दोस्रो र पदाधिकारी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै वाईसीएलले संगठनलाई सुदृढ गर्दै स्वयमसेवकीय र खबरदारीपूर्ण काम गर्ने योजना अघि सारेको जनाएको हो ।
यस अघि जस्तै भ्रष्टाचारप्रति राज्य उदासिन रहँदै गए राज्यका माथिल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुका साथै भ्रष्टाचारीहरुको सूची तयार गरी सार्वजनिक गर्ने वाईसीएलले बताएका छ ।
वाईसीएलले समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको समेत प्रतिवाद एंव प्रतिरोध गर्ने निर्णय गरेको छ ।
साथै युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनिका ठगी प्रकरण, विदेश पठाइसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्काे गर्ने रबैया निन्दनस्य भएको भन्दै वाइसीएलले निर्णायक कदम चाल्ने बताएको छ ।
नयुद्धकालिन मुद्दाहरुलाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्ने राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाजेर दोषी ठहर्‍याइएको प्रति घोर आपत्ती जनाएको छ ।
सामाजिक उत्तरदायित्वतर्फ समाजमा स्वयमसेवी भएरका काम गर्ने वाईसीएलले निर्णय गरेको छ । ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर सञ्चालन गर्ने, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय लगायतका सार्वजनिक कार्यालयमा स्वंयमसेवकीय भूमिका निर्वाह गर्ने वाईसीएलले निर्णय गरेको छ ।
यस्तै साउनको अन्तिममा आएको वषर्ाका कारण देशभर भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै राहत वितरण गरिरहेको जानकारी दिदै वाईसीएलले अझै तीव्रताका साथ राहत वितरण गर्ने जनाएको छ ।
६ महिनामा १००० युवाहरुलाई रोजगारी दिने
वाईसीएल नेपालले युवाहरु विदेश पलायन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विदेश पलायन रोक्न आफै रोजगारीको सिर्जना गर्ने निर्णय गरेको छ ।
आफैबाट स्वरोजगार बन्ने अभियान सुरु गर्ने उदेश्यका साथ स्वदेशी उत्पादनको क्षेत्रमा संगठन तथा यूवा व्यवसायिको साझेदारीमा ६ महिनाभित्र एक हजार भन्दा बढी युवाहरुलाई रोजगार बनाउने घोषणा वाईसीएलले गरेको छ ।
स्वदेशमै रोजगारीको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै युवाहरुलाई विभिन्न सीपमुलक स्वदेशी तथा विदेशी तालिम र सीप विकास कार्यक्रमहरुमा संगठनले ध्यान दिने वाईसीएलले जनाएको छ ।
वाईसीएलले राष्ट्रिय उद्योगहरु संचालन गर्न सरकार तथा राष्ट्रिय पूँजिपतिहरुसँग माग गरेको छ ।
तीन लाख युवा संगठित गर्ने
संगठन सुदृढ बनाउन भन्दै वाईसीएलले तीन लाख बढी युवाहरुलाई संगठित गर्ने निर्णय गरेको छ ।
संगठन सुदृढिकरण गर्दै मजदुत बनाउन तीन महिने ‘संगठन सुदृढिकरण, युवा जागरण तथा परिचालन अभियान’ सञ्चालन गर्ने निर्णय गरेको वाईसीएलले जनाएको छ ।
अहिने युवा जागरण तथा परिचालन अभियान अन्तर्गत तीन लाख बढी युवाहरुलाई संगठित गने जनाएको छ ।
स्थानीय तह कमिटीदेखि प्रदेश कमिटीसम्मको भेला, सम्मेलन तथा बैठक एंव प्रशिक्षणमार्फत गठन/पूनर्गठन लगायतका कार्यक्रममार्फत युवाहरुलाई संगठित गर्ने निर्णय वाईसीएलले गरेको छ ।
तालिम प्राप्त स्वयमसेव तयार गर्ने
वाईसीएलको बैठकले विभिन्न प्राकृतिक प्रकोपका घटनामा उद्दारको लागि तालिम प्राप्त स्वयमसेवक तयार गर्ने निर्णय पनि गरेको छ ।
उद्दारमा खटिनने स्वयमसेवकहरुलाई तालिम र प्रशिक्षण दिएर दक्ष बनाउने वाईसीएलले बताएको छ । यो स्वयमसेवी टिमले राष्ट्रिय तथा स्थानीय पर्वहरु, उत्सव तथा महोत्सवहरु, दूर्घटनाहरुमा समेत स्वयमसेवीको काम गर्ने छ ।
चुनावी पुरक अभियान : जसको एजेण्डा, उसैलाई भोट
सम्मेलनले चुनावमा पार्टीलाई जिताउन ‘जसको एजेण्डा, उसैलाई भोट’ नारा अन्र्तगत चुनावी परिचालनको पूरक अभियान संचालन गर्ने निर्णय गरेको छ ।
आउँदो स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावमा पार्टीले गरेका राम्रा कामहरु र एजेण्डा जनता माझ बुझाउनका लागि पुरक अभियानका रुपमा यो कार्यक्रम सन्चालन गर्न लागिएको वाईसीएलले जनाएको छ ।
यो अभियानको नेतृत्व नवनिर्वाचित केन्द्रीय समितिले नै गर्ने निर्णय समेत गरिएको छ ।
कार्यकर्ता संरक्षण कोष
वाईसीएलले संगठनलाई बलियो बनाउन र कार्यकर्ताहरुको संरक्षणको लागि एक लाखको कार्यकर्ता संरक्षण कोष समेत खडा गरेको छ ।
हाललाई एक लाखको कोष खडा गरिएको भएपनि आगामी दिनमा यसलाई बढाउँदै लैजाने वाईसीएलले बताएको छ ।
यो कोषको रकमबाट आपतकालिन उद्धार, नेता कार्यकर्ताहरु दूर्घटनामा पर्दा औषधि उपचार लगायतका विषयमा मात्रै खर्च गरिने वाईसीएलले जनाएको छ ।
अनलाइन खबर बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads