Loading...
एमाले राष्ट्रवादी शक्ति हो, राप्रपाले सहकार्य र तालमेल गर्छ : कमल थापा

काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) राष्ट्रवादी शक्ति भएको भन्दै आगामी दिनमा सहकार्य र चुनावी तालमेल गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले एमालेको राष्ट्रवादी छविका कारण आफूहरू नजिक भएको बताउनुभयो ।
‘राष्ट्रवादी शक्ति राप्रपालाई कमजोर पार्न बिभाजन गरिएको छ’, उहाँले भन्नुभयो, ‘अब मुलुकका राष्ट्रवादी शक्तिहरूसँग सहकार्य र तालमेल गरेर अगाडि बढ्ने हो ।’
राप्रपा अध्यक्ष थापाले भन्नुभयो, ‘दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्ने हो । तालमेलका लागि पार्टीको स्थानीय तहलाई जिम्मेवारी दिएका छौ । अरुसँग पनि तालमेल हुन सक्छ । एमाले राष्ट्रवादी शक्ति हो ।’
आफू परराष्ट्र मन्त्री भएका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई संविधान संशोधनको चार बुँदे प्रस्ताव नबुझाएको थापाले दाबी गर्नुभयो ।
‘सुष्मा स्वराजलाई संविधान संशोधनबारे कुनै पनि चार बुँदे प्रस्ताव मैले बुझाएको छैन’, थापाले दाबी गर्दै भन्नुभयो, ‘मलाई बदनाम गर्न यस्तो प्रचार गरिएको छ 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads