Loading...
महिलाले ४७ घण्टा मात्र कुरा लुकाउन सक्छन्

 आजकल हरेक देशमा महिलाहरूको दर्जा उच्च भइरहेको छ । समाज र संस्कृतिमा पनि महिलाहरूलाई विशेष स्थान दिइन्छ । महिला विना संसारको उत्पत्तिको कल्पना समेत गर्न सकिन्न । यहाँ हामी महिलाका सम्बन्धमा रोचक तथ्यहरू बताउन गइरहेका छौं ।

हरेक ९० सेकेन्डमा एक गर्भवती महिलाको मृत्यु भइरहेको हुन्छ संसारभरि ।
एक सर्वेक्षण अनुसार एक दिनमा महिलाहरू करीब बीस हजार शब्द बोल्छन् भने पुरुषहरू १३ हजार शब्द बोल्छन् ।

महिलाहरू कुनै पनि कुरा मनमा दबाएर राख्दैनन् भन्ने त तपाईंले सुन्नुभएकै होला । अनुसन्धानले पनि के पत्ता लगाएको छ भने महिलाहरू कुनै पनि कुरा अधिकतम ४७ घन्टा अनि न्यूनतम १५ मिनेटसम्म मात्र लुकाएर राख्न सक्छन् ।

महिलाका लागि प्रयुक्त वीमेन शब्द wyfmen बाट लिइएको हो जसको अर्थ हुन्छ पुरुषकी पत्नी ।

संसारका सबभन्दा धनी २० महिलाहरू कि त आफ्ना पिता कि त पतिका सम्पत्तिका उत्तराधिकारी हुन् ।

महिलाहरू आफ्नो शृंगारमा विशेष ध्यान दिन्छन् । सुन्दा आश्चर्य लाग्छ तर महिलाहरू पूरा जिन्दगीको एक वर्ष कुन लुगा लगाऊँ भनी सोच्नमै बिताइदिन्छन् ।
महिलाहरूले रोदनलाई सबभन्दा ठूलो हतियार बनाउँछन् । एक महिला एक वर्षमा ३० देखि ६४ चोटिसम्म रुन्छिन् भने एक पुरुष एक वर्षमा मात्रै ६ देखि १७ पटकसम्म रुन्छन् ।
 महिलाहरू पुरुषको तुलनामा चटपट खान बढी मन गर्छन् अनि महिलाहरूको जिब्रो पुरुषको तुलनामा स्वाद चाख्न बढी सक्षम हुन्छ ।
 महिलाहरू पुरुषको तुलनामा कम झुटो बोल्छन् । एक सर्वेक्षण अनुसार पुरुषहरू महिलाभन्दा दुईगुणा बढी झुटो बोल्छन् ।
गर्भवती भएका बेलामा सुत्दा घुर्ने महिलाहरूका बच्चाका आकार अन्य महिलाका बच्चाको भन्दा सानो हुन्छ ।
 हृदयघात हुँदा महिलाको काँध दुख्छ भने पुरुषलाई यसबेलामा छाती दुख्छ ।
पुरुषको तुलनामा महिलाको मुटु धेरै छिटोछिटो धड्किन्छ ।
 महिलाको उमेर पुरुषको तुलनामा बढी हुन्छ । उनीहरूको रोगप्रतिरोधक क्षमता बढी हुनु नै यसको कारण हो ।
 आँकडाहरूका अनुसार सय वर्ष कट्ने मानिसहरूमा पाँचमध्ये चार महिला हुन्छन् ।
अग्ला महिलाहरूलाई अन्य महिलाको तुलनामा क्यान्सरको खतरा कम हुन्छ ।
सबभन्दा धेरै बच्चा जन्माउने महिला रुसकी फेओदोर भासिल्येभ हुन् । उनका ६९ बच्चाबच्ची थिए ।
 महिलाहरू एक मिनेटमा १९ चोटि परेला झिम्क्याउँछन् भने पुरुषहरू ११ चोटि मात्र परेला झिम्क्याउँछन् ।
 महिलाहरू पुरुषको तुलनामा धेरै खराब सपना देख्छन् ।
 जमैका र कोलम्बियामा पुरुषभन्दा बढी महिलाहरू हाकिम छन् ।
संसारको पहिलो कम्प्युटर प्रोग्रामर एक महिला थिइन् ।

महिलाहरू पूरा जिन्दगीको करीब १० वर्ष भान्सामा गुजार्छन् भने पुरुषहरू जिन्दगीको करीब २२ वर्ष सुतेरै बिताइदिन्छन् ।
आमा बन्ने सबभन्दा होची महिलाको उचाइँ जम्मा दुई फीट चार इन्च छ । उनको नाम स्टेसी हेराल्ड हो ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads