Loading...
विश्व बैंकमा काम गरेका वाग्ले योजना आयोगको उपाध्यक्षमा नियुक्त


काठमाडौं १९ साउन– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

प्रधामनन्त्री कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । 

यसअघिका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि वाग्लेलाई उपाध्यक्ष नियुक्त गरिएको हो । वाग्ले यसअघि आयोगको सदस्य थिए । त्यसअघि उनले विश्व बैंकमा काम गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads