Loading...
पाकिस्तानी जेलबाट नेपालीको गुहार : 'जसरी हुन्छ स्वदेश फर्कन चाहान्छु'

Click to Load Image
तस्विर फाईल
करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ । 

आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत घर फर्कन चाहेको सार्जजनिक गरेपछि उनी सुरक्षा निगरानीमा परेका थिए । 

चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले ईलामवादको नेपाली दुतावासलाई दिएका थिए ।

अफगानिस्तानी शरणार्थी युवतीसंग बिहे गरी दुई छोराछोरी जन्माएका नरेन्द्रले परिवारको सामाजिक सुरक्षामा खलल पुर्याएको भन्दै स्थानीय सुरक्षा निकायले चुनामा राखेको जबाफ तत्काल दिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads