Loading...
तामिल फिल्म ‘विवेगम’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

दक्षिण भारतका सुपरस्टार अजीत कुमारको तामिल फिल्मविवेगमले वर्षकै उत्कृष्ट फिल्मबाहुबली को रेकर्ड तोड्दै व्पपार गरिरहेको छ। फिल्म रिलिज भएको दिनमै यसले पुरानो फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै गएको छ।
फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै रेकर्डतोड व्यपार गरेको छ। शनिबारसम्म फिल्मको कमाई ६७.९२ करोड भारु कमाएको थियो। यो फिल्म यस वर्षको पहिलो हप्तामा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ। फिल्मको पहिलो दिनको कमाई २५.८३ करोड भारतीय रुपैया रहेको छ।
 

फिल्मले  देश बाहिरबाट दिनमा ६८ करोड भारतीय रुपैयाको व्यपार गरेको छ।बाहुबली ले चेन्नईमा दिनमा .२४ करोड भारतीय रुपैया कलेक्सन गरेको थियो भनेविवेगमले .२८ करोड भारतीय रुपैयाँ कमाएको थियो।
विवेगमतामिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय स्पाइ थ्रिलर हो। यस फिल्मको निर्देशक शिवा हुन्। फिल्ममा विवेक ओवराय, अक्षरा हासन काजल अग्रवालको अभिनय रहेको छ। विवेक ओवराय खलनायकको भूमिकामा छन्।
फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गएको यसको चर्चा पनि चुलिएको छ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads