Loading...
वाइसियलको राष्ट्रिय सम्मेलनः नेतृत्वको दौडमा को–को ?


काठमाडौं–नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियलको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २  र ३ गते काठमाडौंमा हुँदैछ । 
वाइसिएलले ९ महिना पहिला एकताको भेला गरेर ३९९ जनाको अधिवेशन आयोजक समिति बनाएको थियो । यो संगठनको विधानमा ४ बर्षमा अधिवेशन र २ बर्षमा सम्मेलन गर्नुपर्ने छ ।  तर पार्टीमा आएको विभाजन र एकताका कारणले जुनरुपमा काम गर्नु पर्ने हो त्यो भइरहेको थिएन । 
वाइसियलले सम्मेलन सफल पार्न यसअघि नै नेप बहादुर कुँवरको संयोजकत्वमा ३९९ अधिवेशन आयोजक समिति  बनाइसकेको छ भने ३१ जनाको कार्यलय छ । अब बन्ने केन्द्रीय समिति १५१ जनाको बन्ने महासचिव दिपशिखाले बताए । १५ जनाको पदाधिकारी बन्ने र महिलाको सहभागीता २० प्रतिशत रहने बताइएको छ । 
अधिवेशनमा ५१५ जना प्रतिनिधि सहभागी हुने छन् भने  २५ जना परिवेक्षक र ५० जना स्वयसेवक पनि हुने छन् । 
अधिवेशनको तयारी तिव्ररुपमा चलेको छ भने  राजनीतिक प्रतिवेदन संयोजक नेप बहादुर कुवंरले लेखिरहेका छन् । 
नेतृत्वको दौडमा को–को ?
अधिवेशनको तयारीसँगै नेतृत्वको चर्चा पनि सुरु भएको छ । वाइसियल विभाग इन्चार्ज मणि थापाले भने, ‘सकेसम्म हामी सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्ने छौं । अहिलेसम्म यसको नजिक पनि छौं । यदि हुन सकेन भने स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने छौं ।’
वाइसियल स्रोतका अनुसार, दिपशिखा, लक्ष्मी चौलागाई ‘शैलेन्द्र’ र  युवराज दुलाल  नेतृत्वको दौडमा रहेका छन् ।  उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीब्र दौडधूप  गरिरहेको बताइएको छ । 
पार्टी एकताको एक बर्षपछि हुन थालेको वाइसियलको राष्ट्रिय सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।  अबको वाइसियल कस्तो हुने ? कसरी अगाडि बढ्छ ? नयाँ वर्ग र कार्यकर्ता बीचको असमानताको खाडल पुरिएला ? यीनै प्रश्नले घेरिएको छ वाइसियल । 
यस बिषयमा बुझदा महासचिव दिप शिखाले भने, ‘वाइसियल अब हिजोको जस्तो हुँदैन । अहिलको जस्तो पनि रहँदैन । स्मार्ट हुन्छ । हिजोको भन्दा राजनीतिक हुने छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads