Loading...
गण्डक नहरको संरचनामा रु ७५ करोडको क्षति

वीरगन्ज, ३ भदौ । केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि रु ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ ।
सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पु-याएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी पर्साका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले राससलाई बताउनुभयो ।
भारतको इनर्वा बजार हुँदै नेपालको जानकी टोलादेखि वाग्मती नदीसम्म ८१ किमी लामो सो नहरले बारा, पर्सामा ३० हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउँदै आएको छ ।
पर्साको जगरनाथपुर, जानकीटोला, मसिहनिया, बारा बसलपुरलगायत ठाउँमा कल्भर्ट र ठाउँ ठाउँमा नहर भत्केको छ भने ब्लक नं १ देखि १० सम्म नहरको पानी बग्ने गरेकाले नहरको केही संरचना तथा ब्लक तथा वरिपरिका धान खेत तथा अन्यबालीमा व्यापक क्षति पु-याएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads