Loading...
अस्पतालमा सिएम मेसिन जडान


हरिकृष्ण गौतम/रुप्से दैनिक
म्याग्दीको सदरमुकामस्थित जिल्ला अस्पतालमा हड्डीको अप्रेसनका क्रममा प्रयोग हुने सिएम मेसिन जडान भएको छ । जिल्लामै आधुनिक अपकरणको जडान गरी जटिल किसिमका अप्रेसन सेवा सञ्चालन गरिरहेको अस्पतालमा विभिन्न किसिमका दुर्घटनामा लागेको चोटको शल्यक्रियामा सघाउने सिएम मेसिनको प्रयोग सुरु गरिएको हो ।
हड्डीको शल्यक्रिया सेवालाई नियमित बनाउन मेसिन ल्याइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रोशन न्यौपानले बताए । नयाँ मेसिनको प्रयोगले बिरामीलाई परेको समस्याको सहजै पहिचान गराउने उनले बताए । दुर्घटनामा परेर भाँच्चिएको हात, खुट्टासहित शरिरका विभिन्न भागमा लागेको चोटपटकको मेसिनको प्रयोग गरी पुरानै अवस्थामा ल्याउन शल्यक्रियाका साथै अन्य उपचारका विधिहरू प्रयोग गर्ने गरिएको डा. न्यौपानेको भनाई छ ।
सिएम मेसिनको सहायताले शल्यक्रिया गर्ने क्रममा एक्सरे गर्न नपर्ने, हड्डीमा तार हाल्ने लगायतका जटिल अप्रेसनहरूलाई समेत सहज बनाउने उनले बताएका छन् । अस्पताल विकास समितिले दुर्घटनामा अङ्गभङ्ग भएकाहरूको समेत उपचार अस्पतालमै गर्नेगरी सिएम मेसिन खरिद गर्ने तयारी गरिएको थियो । तर, डा न्यौपानेले जिल्लामा थप हुन लागेका सेवाका बारेमा विभागमा जानकारी गराएपछि अस्पताल विकास समितिले खरिद गर्न लागेको मेसिन रोकेर विभागबाट उक्त मेशिन ल्याइएको हो । हार्डजोर्नी विशेषज्ञ समेत रहेका डा. न्यौपानेले जिल्लामै गुणस्तरीय सेवा उपलब्ध गराउन थप योजनााहरू समेत बनाएको जानकारी दिए ।
हड्डीसम्बन्धी समस्या लिएर पोखरा जाने बिरामीले न्युनतम ७ हजारदेखि जटिल समस्या भएकाले ५० हजारभन्दा धेरै खर्च गर्ने गरेका छन् । सवारी तथा अन्य दुर्घटनामा परेका बिरामीले सामान्य उपचार गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएपछि शल्यक्रिया सेवालाई प्रभावकारी बनाउने चिकित्सकको भनाई छ । पाठेघर बाहिर नलीमा बच्चा बसेको, योनीभित्र कण्डम अड्कीएको, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाइतेको उपचार गर्ने गरिएको छ । यसैगरी पिसाबको थैलीमा भएका ढुङ्गा, पाठेघर, अण्डकोष तल नझरेको, एपेन्डिसाइटिस, हड्डी, नसा चुँडिएका जस्ता बिरामीको सफलतापूर्वक शल्यक्रिया हुन थालेपछि छिमेकी जिल्ला बागलुङको विकट बस्तीबाट समेत बिरामीहरु आउने गरेको म्याग्दी जिल्ला अस्पतालले जनाएको छ ।
चिकित्सा शिक्षासम्बन्धी जर्नलमा समेत पाठेघर बाहिर जीवितै बच्चा भेटिनु ३० हजार गर्भवती महिलामध्ये एकमा देखिने बिरामीको समेत डा. धिरेन मल्लको नेतृत्वमा अस्पतालमै सफल शल्यक्रिया गरिएको थियो । अनुभवी चिकित्सकले परिवारबाट आश मारिएका बिरामीको सफल उपचार गर्न थालेपछि बेडको अभावमा अतिरिक्त शै्याको व्यवस्था समेत गरिएको छ । अस्पतालमा आधुनिक एक्सरे मेसिन, भिडियो एक्सरे, महिला, बालबालिकाको उपचारमा आवश्यक पर्ने मेसिन, अप्रेसनमा प्रयोग हुने जनरल एनेस्थेसियाजिए मेसिनलगायत देशभरका जिल्ला अस्पतालमा निकै कम मात्रामा पाइने आधुनिक उपकरणहरू निक साईमन र विभिन्न संघसंस्थाबाट सहयोग लिएर अस्पतालले खरिद गर्ने गरेको छ ।
पुरानो भवन जिर्ण अवस्थामा रहेकाले नयाँ भवनबाट समेत सेवालाई प्रभावकारी बनाउने तथा थप सेवालाई समेत निरन्तरता दिने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनले पुनर्निर्माणको क्रममा अस्थायी र माथिल्लो भवनबाट दिइने सेवाका बारेमा गुनासो आए तत्कालै समाधान गरिने बताए । अस्पतालले आर्थिक अवस्था कमजोर भएका र गम्भीर अवस्थामा आएका बिरामीको अस्पतालमा सफल उपचार हुन थालेपछि पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads