Loading...
भारतविरुद्ध उत्रिन गगन थापाको आह्वान, मिलेर बाँध भत्काउन अपील

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् ।
बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए । नागरिक दैनिकले समाचार छापेको छ ।
‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भीर हुन जरुरी छ’, उनले भने, ‘भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ ।
यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads