Loading...
माओवादीका 'हाइकमाण्ड' नेता जनकपुरमा


जनकपुर, १७ साउन - माओवादी केन्द्रका उच्चस्तरीय नेता प्रदेश नम्बर दुईको ठूलो सहर जनकपुरमा पुगेका छन् । सोमवारदेखि नै माओवादीका एक दर्जनभन्दा ठूला नेता जनकपुर पुगेका हुन् । माओवादीको चुनावी रणनीति अनुसार उनीहरु त्यहाँ पुगेका हुन् ।

माओवादी केन्द्रले जनकपुरमा मंगलवार पत्रकार सम्मेलन गरेर जनकपुर र दुई नम्बर प्रदेशका विषयमा आफूहरुको धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा, प्रभु साह, गिरीराजमणि पोख्रेल लगायतका नेताहरु सहभागि थिए ।

प्रचण्डले अब जनकपुरलाई महानगरपालिका बनाउने आफूले पहल गर्ने बताए । साथै उनले मनिमण्डपलाई विस्तृत गूरुयोजना अनुसार दरवार, धर्मशाला र देवीमण्डप बनाएर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

प्रचण्डले जनकपुर, धुषाधाम र जलेश्वरलाई सुविधा सम्पन्न सडक बनाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्नको लागि पनि आफूहरुले पहल गर्ने बताए ।

माओवादी केन्द्रले मठमन्दिर, कुटी, पोखरीहरुलाई एकिकृत रुपले विकास गर्ने र खुल्ला क्षेत्रहरुलाई पार्कको रुपमा विकास गर्ने बचन समेत जकपुर पुगेर दिएको छ ।

जनकपुर विमानस्थललाई अन्तराष्टिय स्तरको विमानस्थल बनाइनुपर्ने धारणा समेत प्रचण्डले रााखेका थिए । पर्यटनमा निजी क्षेत्रलाई पनि सँगैसँगै लैजानुपर्ने धारण प्रचण्डले व्यक्त गरेका छन् ।

जनकपुरलाई महानगरपालिका बनाएपछि १५ वर्षको भिजन सहित जनकपुर वरपरका सहरलाई स्याटालाइट सिट बनाउने आफूहरुको योजना रहेको समेत प्रचण्डले बताए । उनले सिंगो दुई नम्बर प्रदेशलाई नै स्याटालाइट सिटी बनाउने बताए । 

माओवादी केन्द्र परिवर्तनगामी शक्तिहरुसँगनै चुनावमा एकता हुने बताएका छन् । उनले राजपा, फोरम लोकतान्त्रिक र समाजवादी फोरमसँग सहकार्य बताए । तर परिवर्तन नचाहाने शक्तिहरुसँग आफूहरुको चुनावी सहकार्य नहुने प्रचण्डले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads