Loading...
तनावमा राप्रपा नेता पशुपतिसमशेर राणा


काठमाडौं, १४ भदौ – लालपूर्जा हातमा छ । जग्गा चाहिँ थाहा पत्तोबिनै रोक्का । यस्तो तनाव झेलिरहेका छन्, राप्रपा नेता पशुपतिसमशेर राणा । एकातिर छोरीको घरबार टुटेको । अर्कातिर पार्टी फुटेको । अनि, त्यही बेला बहिनीको नाममा राखेको जग्गा अर्काले हडप्न खोजेको । आरा मगर्ने उमेरका यी नातिजर्नेल हिजोआज यही झमेलाले हायलकायल भएका छन् ।

महाराजगञ्स्थित शिक्षण अस्पताल अगाडि मूल सडकसँगै रहेको उनी सहित पत्नी उषारो राणा, देवयानी सहित दुई छोरी र अविवाहित बहीनी जमुनाको नाममा रहेको १८ रोपनी जग्गाको झमेला हो यो । 
आफ्नो निवासलार्य विजयबास नाम दिएका उनले हाल बैंग्लोरमा रहँदै आएकी साईभक्त बहिनीको नाममा पाँच रोपनी छुट्याइदिएका थिए । त्यसैमा पूर्वगर्भनर हिमालय समशेर रााणाका छोरा अमरले दलाल उचालेर किर्ने धन्दा चलाएको बताइन्छ ।

त्यस क्षेत्रमा आनाकै डेढ करोड मुल्य पर्छ, जग्गाको भाउ । तर, अमरले पोहोर जेठ १ गते ८० लाख रोपनीको दरले बहिनीको जग्गा हात पपार्ने करारनामा बनाएका रहेछन् । त्यो पनि १५ दिन भित्र पास गर्ने गरी । बेलामा जग्गा हात नलागेपछि उनै अमरले भाका नाघ्यो भन्दै १७ औं दिन आफैं ल्याप्चे लगाएर जग्गा पाइएन पैसा फिर्ता पाउँ भनी जिल्ला अदालतमा मुद्दा हालेका छन् ।

एकातिर पशुपति समशेर, अर्कातिर हिमालयसमशेर । न्यायलय प्रमाण संकलन गरेर बसेको छ । तर फैसला सुनाउन सकेको छैन ।

राणा प्रधानमन्त्री मोहन समशेरका दुई छोरा थिए शारदा र विजय समशेर । जेठो पट्टीका दीपक मापसे गरेर उहिल्यै बिते । उनका छोरा मिक्की मोटु भनिने दिब्यसमेरलाई टुहुरो भनि कर्ण सिंहले दिल्ली लगरे पढाए बढाए । त्यहीबाट तिब्बती मुलकी युवती टिपेर हिँडेका उनी हाल नैनिताल क्षेत्रमा मम पसल चलाउँदैछन् । उनले पनि पशुपति समशेरसँग चार पाँच वर्ष मुद्दा लडे । अन्त्यमा केही रकम फुत्काएर ०५५ सालमा मिलापत्र गरे ।

ज्समा ०१६ सालमै विजय समशेरका तर्फका सन्तान पशुपति समशेरबाट बुबा दिपकले अंश लिइसकेको भन्ने कागज बनाइएको थियो । यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ । 

अहिले उनैबाट मुद्दा हाल्ने, केही पैसा झार्ने कलाको सिको गर्दै क्षेत्रपार्टी बस्ने प्रदिपविक्रम राणाहरुसँग मिलेर अमरले किचलो झिकेको आरोप छ । पूर्व अधिराजकुमार धीरेद्र निजी निवास जीवनकुञ्जसँग जोडिएको पाँच रोपनी जग्गा रोक्का राखेर अमर राणाले पैसा मोलमोलाइ गरेको बताइन्छ ।

यही प्रकरणमा संलग्न प्रदीपविक्रम पहिला कांग्रेस कार्यकर्ता, पछि राप्रपामा लागेर ७ नं.को क्षेत्रीय अध्यक्ष हुँदै कमल थापा विरुद्ध भिडेर दुई सय ५१ मत ल्याउने पात्र हुन् । अघिल्लो चोटी प्रचण्ड सरकारको पालामा हदबन्दी लागेपछि पशुपति समशेरले आफू बसेको घरजग्गालाई त्रि मोहन हाउजिङका नाममा दर्ता गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads