Loading...
तराईका बाढी पिडितलाई अष्टेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग



बाढी पिडीतका लागि रकम सहयोग गर्ने नेपालीहरु ।

अबिरल बर्षाको कारण तराईमा भएको ठुलो डुबानबा पिडित भएकाहरुलाई अष्टेलिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् ।
अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेको अभियानका सदस्य साजन परियारले जानकारी दि 
हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि सहयोग गर्ने गरि अभियान चलाईएको थियो । सो अभियाबाट संकलन भएको नेपाली रुपैयाँ ८४ हजार ५६० सहयोग रकम अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल मार्फत पिडितलाई आबश्यक सामाग्री खरि गरि वितरण गरिएको छ ।
सो सहयोग रकमबाट  बाढीबाट धेरै प्रभावित भएको सर्लाही जिल्लाको मङ्गला गाउँपालिका५ का ७०  घरपरिवारलाई रु १२ सय बराबरको खाद्यान्न वितरण गरिएको हो । तत्कालै राहत पुगोस भनेर भर्खरै मात्रै अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको पहलमा सो राहत जुटाईएको बताईएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads