Loading...
शान्ति चाहन्छौं, भारत नै किचकिच गरिरहन्छ : पाकिस्तान

काठमाडौं, २३ साउन — पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले कश्मीर मुद्दामा छलफलका लागि भारतलाई निमन्त्रणा दिएका छन् । उनले पाकिस्तानी सञ्चारमाध्यमसँग कुरा गर्दै कश्मीरमा शान्तिका लागि दुवै देश मिलेर कुराकानी गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी सीमामा तनाव हटाउन चाहन्छौं तर भारत किचकिच गरिरहन्छ । कश्मीरका मानिसहरू आफ्नो निर्णय आफैं गर्न चाहन्छन् ।’
आसिफले थपे, ‘पाकिस्तानको विदेशनीति जनताको हितमा हुनेछ । भारतसँग सिन्धु जल सम्झौता कायम रहनुपर्छ । सम्झौताको उल्लंघनले सम्बन्ध झन् खराब हुन सक्छ ।’
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads