Loading...
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरे

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् ।
भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए । नागरिक दैनिकले समाचार छापेको छ ।
‘पहिलो नीति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ?’, देउवाले भने, ‘नत्र कसलाई सोधेर जाने ?’
उनले नेताहरूले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads