Loading...
साझा विवेकशिल’को अध्यक्षमा बाबुराम भट्टराई यस्तो छ एकताको ‘सेड्युल’


 पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एउटै चुनावमा भाग लिएपछि पछिल्लो केही समय बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपन्द्र यादव नेतृत्वको पार्टीसाग एकताको बहस पनि चलेको थियो । पार्टी एक हुने मिति समेत तय भैसकेपछि विभिन्न बाहानामा एकता भने हुन सकेन् ।
उपेन्द्र यादव सँग एकता हुन त सकेन तर अहिले नयाँ शक्ति नेपालले आफ्ना कार्यकर्ताहरु समेत जोगाउन सकिरहेको छैन् । ठिक यहि समयमा भर्खरै पार्टी एकता गरेका विवेकशि नेपाल पार्टी र साझा पार्टी सँग एकताका लागी डा. भट्टराईले छलफल चलाईरहेको स्रोतले बतायो ।
साँघु साप्ताहिकले लेखेको छ, अध्यक्षका रूपमा बाबुराम भट्टराईलाई भित्र्याउनकै लागि संयोजकबिनै दुई पार्टीका अध्यक्षहरु सहसंयोजक बसेर विवेकशील पार्टी र रविन्द्र मिश्रको साझा पार्टीबीच एकीकरण भएको प्रसंगले नयाँ शक्ति पार्टीमा व्यापक चर्चा चलेको छ ।
अहिले विवेकशील साझा पार्टीमा पुगेका पूर्वमाओवादी नेता तथा केही अवधि नयाँ शक्ति समेतका नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबावमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पार्टीको दोस्रो तहको पदमा बसेको बताइएको छ ।
आफूलाई बाम बुद्धिजीवी दाबी गर्ने र जता गए पनि सपार्नेभन्दा बिगार्ने काममा दक्षता देखाइहाल्ने भनिएका खनाल अध्यक्ष वा सांयेजकविनाको साझा विवेकशील पार्टी कसरी बनाउन सफल भए ?
प्रमुख पदबिना नै पार्टी चल्न सक्छ भन्ने यो नयाँ प्रयोग खनालकै पहलमा भएको चर्चा छ । बाबुरामलार्इ अध्यक्षका रूपमा तान्न खनालले आफ्नै प्रयासमा आफूले छाडिसकेको नयाँ शक्तिलाई पनि निश्चित धार समातेर योजनासहित अगाडि बढ्नबाट अल्झाइरहेको र अन्योल मात्र बढाइरहेको बताइन्छ ।
अझ नयाँ शक्तिभित्रकै केशव दाहाल, गंगा श्रेष्ठलगायतका नेताहरु समेत नयाँ शक्तिलाई साझा विवेकशीलमा बिलय गराएर त्यसको अध्यक्ष बाबुराम बन्नुपर्ने लबिङमा लागिरहेका बताइन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads