Loading...
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।
अहिले ५ बजेपछि सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अविरल वर्षाले तराईसहित देशभर बाढीपहिरो प्रभावितको उद्धार तथा राहत प्याकेजका विषयमा निर्णय हुनेछ ।
प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियारका अनुसार बाढी र डुवानका कारण देशका विभिन्न स्थानमा जनधनको क्षतिपछिको राहत र उद्धारको विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकमा कम्तीमा २० जिल्लामा संकटकाल घोषणा गर्ने तयारी समेत भइरहेको स्रोतले बताएको छ ।
मन्त्रिपरिषद्को बैठक अघि कांग्रेसका नेताहरुबीच बालुवाटारमा बाढी र डुबानबारे छलफल भएको थियो । छलफलले नेता कार्यकर्ता प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ । साथै आवश्यक राहतका लागि पनि पहल गर्नेछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads