Loading...
राजपाका नेताहरु सुटुक्क भारतीय दूतावासमा



काठमाडौं, १७ सााउन - मधेशवादी दल राजपाका नेताहरु भारतीय राजदूतावास लैनचौरमा पुगेका छन् । राजपाका अध्यक्षमण्डलका सवै नेताहरु भारतीय दूतावासमा पुगेको स्रोतले बतायो । 

अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव दुतावास पुगेका हुन् ।

उनीहरुले अहिले भारतीय राजदूत मन्जिवसिंह पुरीसँग स्थानीय निर्वाचन र संबिधान संशोधनको विषयमा छलफल गरिरहेका छन् । उनीहरु सुटुक्क भारतीय दूतावासमा पुगेका हुन् । यसभन्दा अघि नै भारतीय राजदूत पुरीले राजपाका नेताहरुलाई चुनावमा सहभागि हुन सुझाव दिएका थिए ।

राजपाका नेताहरुले भने झैं अहिले संबिधान संशोधनको वातावरण नभएकोले चुनावमा जानु नै उत्तम हुने विचार पुरीले राखेका थिए । 

राजपाका नेताहरुले संबिधान संशोधन र स्थानीय निर्वाचनका विषयमा छलफल केन्द्रीत गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads