Loading...
उवासंघद्वारा सिडिओको सम्मान तथा विदाई


प्रताप बानियाँ /रुप्से दैनिक
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शनिबार सदरमुकाम बेनीमा विदाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लाबाट हालै सरुवा भएर काठमाडौंस्थित अध्यागमन विभागमा जान लागेका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई विदाई गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी लगायतले अबिर, माला र खादा लगाई विदाई गरेका थिए । सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रशंसापत्र प्रदान गरी प्रजिअ पौडेललाई सम्मान समेत गरिएको थियो । विदाई कार्यक्रममा प्रजिअ पौडेलले कर्मचारीको सरुवा–बढुवा नियमित प्रक्रिया भएको बताउँदै उनले आफ्नो कार्यकालमा म्याग्दीमा सबैसँग समन्वय गरी जिम्मेवारी बहन गरेको बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले स्थानीय प्रशासन र उवासंघबीच सुमधुर सम्बन्ध रहेको भन्दै जिल्लामा शान्तिसुरक्षा र अन्य काम सन्तुलित रुपमा सम्पादन भएको बताए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठ, भूतपूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले मन्तव्य राखेका थिए ।
उवासंघका अध्यक्ष जीवन विश्वकर्माको अध्यक्षता र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यको समापनमा सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads