Loading...
राष्ट्रियसभा निर्वाचन ऐन, मस्यौदा बनाउन आयोगलाई तनाव

काठमाडौँ, २१ साउन- राष्ट्रिय सभा सदस्य चुन्ने निर्वाचक मण्डलमा रहनेको मतभार कति राख्ने ? के आधारमा तोक्ने ? राष्ट्रिय सभा निर्वाचन ऐनको मस्यौदा तयार पारिरहेको निर्वाचन आयोगलाई यतिबेला यो विषयले दिमाग रन्थन्याएको छ, जसका कारण मस्यौदाले अन्तिम रूप पाउन सकिरहेको छैन, कान्तिपुरमा खबर छ ।aayog

संविधानले प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहने निर्वाचन मण्डलबाट राष्ट्रिय सभाका सदस्य चुनिने व्यवस्था गरेको छ । निर्वाचन मण्डलमा रहनेको मतभार भने फरक हुनुपर्ने संवैधानिक प्रावधान छ । तर कसको कति मतभार हुने संविधानले बोलेको छैन ।


निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपालका सन्दर्भमा फरकफरक मतभार बिल्कुलै नयाँ अभ्यास भएकाले त्यसमा बृहत् छलफल आवश्यक भएको बताए । ‘संसद्मा विधयेक पठाउनु मात्रै ठूलो कुरा भएन, धेरैले स्विकार्न सक्ने पनि बनाउनु महत्त्वपूर्ण हो,’ उनले भने, ‘निर्वाचन मण्डलमा रहनेहरूको मतभार फरक राख्ने संविधानले भन्यो तर के आधारमा र कसरी राख्ने भनेन ।’ त्यस सम्बन्धमा प्रस्ताव तयार गर्नुपूर्व राजनीतिक दल र कानुनविद्हरूसँग छलफल गरी टुंगोमा पुग्ने प्रयास भइरहेको उनले जनाए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads