Loading...
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ

काठमाडौं, १० भदौ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले डन चक्रे मिलनलाई प्रक्राउ गरेको छ ।
काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकले जिम्मेवारी सम्हालेको भोलिपल्टै चक्रे मिलन फन्दामा परेका हुन् । स्थानीय बासिन्दाले गुणगर्दी गरेर डन चक्रेले दुःख दिएको भन्दै उजुरी दिएपछि शुक्रबार अपराह्न ठमेलबाट पक्राउ गरिएको एसएसपी धानुकले जानकारी दिए ।
‘गुण्डागर्दी गरेर सर्वसाधारण र ब्यवसायीलाई दुःख दिने जो कोहीलाई अब प्रहरीले बाँकी राख्दैन, काठमाडौंलाई सुरक्षीत शहर बनाउने मेरो अभियान सुरु भएको छ,’ धानुकले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads