Loading...
जब महिलाको गोप्य अंगमा गोली लाग्यो

यौन सम्बन्धकाबीच भएको गल्तीका कारण एक महिलाको गोप्य अंगमा गोली लागेको छ । जसका कारण उनी गम्भीर घाइते भएकी छिन् । यस विषयमा अदालतमा सुनुवाइ भएको छ । 

४७ वर्षका डेभिव एन्ड्रयु जेफर्सका साथ ४६ वर्षकी एक महिला यौन गतिविधिमा लिप्त थिइन् । जनवरी महिनामा स्टाकपोर्टका एक होटलमा यस्तो काम भएको थियो । 

जेफर्सले यस कुरालाई कबूल गरेका छन् कि ज्यान जोखिममा भएका कारण उनीसँग एक बन्दुक थियो । जेफर्डलाई यस मामलामा १० वर्षको कैद सजाय भएको छ । 

दुई प्रेमलाप गरिरहेका थिए त्यतिनै बेला अकस्मात बन्दूकको ट्रिगर थिचियो । ग्रेटर म्यान्चेष्टरका प्रहरीले यस घटना आश्चर्यजनक र डरलाग्दो भएको बताएका छन् । 

घटनाको सुनुवाई मिनशुल स्ट्रीट कोर्टमा भएको थियो । यो घटनापछि जब प्रहरी घटनास्थल पुग्यो तव पीडित रगतमा लतपतिएकी थिइन् । 

महिलाको पेट नराम्रोसँग छियाछिया भएको थियो । प्रहरीले महिलालाई तत्काल हस्पिटलमा लग्यो, जहाँ उनको अप्रेसन भएका थियो । 

महिलाले हस्पिटलमा जेफर्सलाई नराम्रो व्यक्ति भएको बताएकी थिइन् । सीसीटीवी फुटेजका अनुसार जेफर्स होटलको पिकडेली स्टेशनका लागि निस्किएका थिए । उनले लीड्का लागि रेल समातेका थिए । जेफर्सलाई पक्राउ गर्न प्रहरीले निकै सास्ती वेहोरेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads