Loading...
बैंकलाई १५ करोड नोक्सान पुर्याएको आरोपमा ११ जना पक्राउ

Click to Load Image

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंकिङ कसुर गरी नेपाल बैंक लिमिटेडको धरान शाखालाई १५ करोड ५१ लाख रुपैयाँभन्दा धेरै नोक्सान पुर्याएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
नक्कलीदेखि कम तौलका सुन बैंकमा धितो राखी ऋण लिएर ठगेको बैंकले पत्ता लगाएपछि उनीहरु पक्राउ परेका हुन् । आजको कान्तिपुरमा खबर छ ।
पक्राउ पर्नेमा त्रानेन्द्र पुरकुटी, सन्जित रसाइली, माधव रिसाल, सन्तोष रसाइली, सुनील विक, लालबहादुर विक, नेपाल बैंक लिमिटेडका निलम्बित खचान्जी होमबहादुर भट्टराई, तत्कालिन सहायक प्रबन्धकद्धय रामकिशोर मेहता र शंकर न्यौपाने, कर्मचारी सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads