Loading...
म्याग्दी जिल्लामा भएको रिखार कप भलीबलको उपाधी घतान र अर्मनलाई

म्याग्दीको बेनीमा संचालित न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय भलीबल प्रतियोगिताको पुरुष भलिबलको उपाधी घतानले ले हात पारेको छ । शनिबार सम्पन्न भएको वडास्तरीय प्रतियोगिताको फाइनलमा रघुगंगा गाउँपालिका–३ पिप्लेलाई १ का विरुद्ध तीन सेटले पराजित गरेको थियो।
खचाखच दर्शकको उपस्थितीमा भएको खेलमा जिल्लामै सर्वाधिक भलिबल प्रतियोगिता जित्ने केवाईसी घतानमा आवद्ध खेलाडीहरूलाई रोक्न पिप्लेले धेरै प्रयास गरेपनि असफल भएपछि उपविजेतामा सिमित भएको थियो । पुरुष भलिबल तर्फ विजेता, उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश पचास हजार र तिस हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगिताको महिला तर्फको खेल मंगला गाउँपालिका–५ अर्मनले जितेको छ । रघुगंगा गाउँपालिका–५ चिमखोलालाई पराजित गदैं अर्मनले उपाधी जितेको प्रतियोगिता संयोजक तेजेन्द्र बानियाले बताए । बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित आयोजित प्रतियोगितामा महिला तर्फका विजेता र उपविजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित २५ र पन्ध्र हजार रुपैया पुरस्कार हात पारेका छन् ।
प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी चिमखोलाकी पार्वती पुर्जा, पुरुषतर्फ घतानका सन्दिप क्षेत्री भएका छन् । बेनीको कालीपुल स्थित न्यू सँगम टे«र्डस मूख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुषतर्फ बिजेता र उपबिजेता टोलीलाई मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, जिल्ला सदस्य केबी भण्डारी, मुख्य प्रयोजक न्यू सँगम टे«र्डसका संचालक सुरेन्द्र शर्मा लगाएतले सम्मान गरेका थिए ।
प्रतियोगिताको पुरुषतर्फ १७ र महिलातर्फ ७ वटा वडाले सहभागीता जनाएका थिए । पत्रिकाको प्रकाशक सम्पादक गोपाल छन्त्यालको आगामी दिनमा समेत खेलकुद प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रतियोगिता उद्घाटनका अवसरमा ओमकुमारी शान्ति कोष र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाबीच मैत्रीपूर्ण भलीबल खेल भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads