Loading...
नेपाली मजदुरको जेलभित्रै हत्या भएपछि आईजीपीसहित ८ प्रहरी अधिकृत पक्राउ

सिमलामा निकालिएको विरोध जुलुस, युवतीको बलात्कार तथा हत्या र नेपाली मजदुरको जेलभित्रै हत्या घटनाविरुद्ध सिमलामा प्रदर्शन भएको थियो
काठमाडौं, १४ भदौ । युवतीको बलात्कार तथा हत्याको आरोपमा पक्राउ परेका निर्दोष नेपाली मजदुरको जेलभित्रै हत्या भएपछि भारतको हिमाञ्चल प्रदेशका प्रहरी महानिरीक्षक (आईजीपी) जहूर हैदरी जैदीसहित ८ प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ ।
हिमाञ्चलका आईजीपीले बालिकाको बलात्कार र हत्या घटनामा संलग्न भारतीय धनाढ्यका छोरा बचाउन धन कमाउन सिमला पुगेका एक नेपाली मजदुरलाई हिरासतमा राखी फसाउने प्रयत्न गरेका थिए । उनलाई हिरासतमा लिँदा नेपालीहरुले प्रहरी कार्यालय घेराउसम्म गरेका थिए । त्यही बीचमा युवतीको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्तले नेपाली मजदुरको जेलभित्रै हत्या गरिदिए ।
जेलभित्रै नेपाली मजदुरको हत्या भएपछि सिमलामा तनाव थप बढ्यो । हिमाञ्चलको अदालतले यो घटनाको जाँच गर्ने जिम्मेवारी सीबीआईलाई सुम्पियो । सीबीआईले घटनाको अनुसन्धानका क्रममा हिमाञ्चलका आईजीपी, एसपी र अन्य प्रहरी अधिकारीसँग धेरैपटक सोधपुछ गरी अन्तिममा गिरफ्तार गर्यो ।
भारतीय पत्रिका द वायरका अनुसार हिमाञ्चल प्रदेशको राजधानी शिमलाको कोटखाई इलाकामा ४ जुलाईमा एक नाबालिका युवतीको बलात्कारपछि निर्मम हत्या गरिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली मजदूर २९ वर्षीय सुरज सिंहको हिरासतमै मृत्यु भएपछि सीबीआईले मंगलवार हिमाञ्चल प्रदेश पुलिसका महानिरीक्षक (आईजीपी) जैदी, पुलिस उपाधीक्षक (एसपी) मनोज जोशी र ६ अन्य पुलिस अधिकृतलाई गिरफ्तार गरेको हो ।
युवती बलात्कार र हत्या घटनामा नेपाली मजदुर सह आरोपीका रुपमा पक्राउ परेका थिए ।
आईजीपीसहित घटना मिलाउनमा संलग्न ८ प्रहरी अधिकारीलाई आज (बुधबार) अदालतमा पेश गरिदैछ । जाँच एजेन्सीले युवतीको बलात्कार तथा हत्या र हिरासतभित्रै नेपाली मजदुरको मृत्यु घटनाको अलग अलग मुद्दा दर्ता गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads