Loading...
रेणुलाई जिताउन काँग्रेसका ठूला नेता भरतपुरमा, यस्तो छ देवी ज्ञवालीको डर (हेर्नुस् तस्वीरहरु)

रेणुको साथमा डा. प्रकाशरण महत र बालकृष्ण खाँड
भरतपुर, २० साउन । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई जिताउन काँग्रेसले शीर्ष नेताहरु नै मैदानमा परिचालन गरेको छ ।
काँग्रेस माओवादी गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादीकी रेणु दाहाल र उपमेयरमा काँग्रेसकी पार्वती शाहलाई जिताउन काँग्रेसका केन्द्रीय नेताहरु भरतपुरमा छन् । उपमेयरमा काँग्रेसकी शाहको जित सुनिश्चित जस्तै छ ।
तर, तीव्र प्रतिस्पर्धा रहेका मेयरमा रेणुलाई जिताउन काँग्रेसका पूर्वमन्त्री समेत रहेका केन्द्रीय नेताहरु डा. प्रकाशशरण महत र बालकृष्ण खाँडदेखि नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, महासचिव नैनसिंह महरसम्म भरतपुरमा खटिएका छन् ।
रेणु र पार्वतीको साथमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, महासचिव नैनसिंह महर
यसैगरी, भरतपुर १९ वडा समेत पर्ने चितवन क्षेत्र नम्बर ४ का काँग्रेसका सांसद रामकृष्ण घिमिरे, रेणुका कारण मेयरको टिकट फिर्ता लिन बाध्य भएका दिनेश कोइरालाले समेत रेणुलाई जिताउन सक्दो बल लगाइरहेका छन् । उनीहरुले मतदातालाई घरघरमा गएर प्रभावित पार्नुका साथै मतदान केन्द्रमा समेत रेणु र पार्वतीको पक्षमा माहौल बनाउने काम गरिरहेका छन् । काँग्रेस नेताहरुले मतदाताहरुलाई बिभिन्न आश्वासन दिएर प्रभावित पारेको एमालेको आरोप छ ।
छोरी रेणुलाई जिताउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाल, रेणुका भाइ प्रकाश दाहाल पनि भरतपुरमा छन् । माओवादीका केन्द्रीय नेता एवं पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, माओवादीकै पूर्वसांसद खुसीराम पाख्रिन पनि मैदानमा छन् ।
पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, माओवादीकै पूर्वसांसद खुसीराम पाख्रिन लगायत 
माओवादीका पूर्वसांसद एवं प्रचण्डका भाइ नारायण दाहाल, भरतपुर कारागारमा मारिएका डन कि श्रीमती बिनु रायमाझी ,रेणु दाहालका पति अनिल पाठक, गोल्डकोवेष्ट काण्डमा फसेका गिरेन्द्र घिमिरे भने मतदातालाई ओसारपसार गर्न खटिएका छन् । सत्ता पक्षले गाडीको दुरुपयोग गरेको र पैसा बाँडेको भन्दै एमालेले आपत्ति जनाएको छ । शारदानगर बुथमा हिजोराति रेणु दाहालको उपस्थितिमा पैसा बाँडिएको भन्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले शुक्रबार चितवनका सिडियोलाई भेटेर आपत्ति जनाइसकेका छन् ।
प्रचण्डका भाइ नारायण दाहाल लगायत
तर, एक मतले भने पनि आफूले जित्ने ज्ञवालीको आत्मविश्वास छ । अत्याधिक मत खसेको, काँग्रेस र माओवादीले जिल्लाबाहिर रहेका प्रायः सबै मतदातालाई झिकाएको र अनावश्यक चलखेल गरेको भन्दै एमाले सशंकित देखिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads