Loading...
श्रीमतीको ओछ्यानमा साहुजीको शव

फाइल तस्बिर
काठमाडौं, २५ साउन । रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदछिन्, ‘मैले मारिदिएँ ।’ मानिसहरू त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर, ठेँचोको हो ।
महिलाको हातमा रगत मुछिएको छुरा छ । भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौकीमा लगेर बुझायो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
मुलुकी ऐनको व्यवस्थाअनुसार करणी गर्न आएमा महिलाले प्रतिरक्षा गर्न पाउँछन् । त्यसमा सतप्रतिशत छुट हुन्छ, ज्यान मारेको प्रमाणित भए पनि ।
बलात्कार गरेको एक घण्टाभित्र मारेमा बात नलाग्ने त चलनचल्तीको बोली नै छ । प्रहरी घटनास्थल पुग्दा ओछ्यानमा कोखामै छुरी रोपिएर मरेको मानिस फेला परे । ती हुन्, मेघनाथ भुषाल । पहिला एयरपोर्टमा काम गर्थे, रोशन श्रेष्ठसँग मिलेर । नख्खु कोरिडोरभित्र पर्ने, एकान्त, मनमोहक ठाउँमा बंगुर फारम खोलेका थिए ।
बेलाबेलामा आफै जान्थे । त्यहाँ कान्छीमाया स्याङ्तान नामक ४२ वर्षीया महिला काम गर्न बसेकी छन् । उनीसँग तीन बच्चा छन् । ३, ५ र ९ वर्षका । पति कुमार लामा भन्ने मानबहादुर कान्छीसँग बल्खुमा छुट्टै बस्छन् ।
कान्छीपट्टिबाट बच्चा छैनन् । सुरुमा ‘मलाई करणी गर्न आएपछि मारेको’ भन्ने पनि कुरा अर्कै खुल्यो, पति कुमार समातिएपछि । मामिला अर्कै दिशामा मोडियो, लोग्नेले पो मा¥यो कि भन्ने अवस्था आयो ।
कान्छीमायाले भनेकी थिइन्, ‘साहुजी आउनुभयो, गर्मी भो भन्दै टहरामा बसेर सर्ट फुकाल्नुभयो, र मलाई जबरजस्ती गर्नुभयो । अनि, मैले ओछ्यानमै छुरा हानेको ।’ उनले हानेको छुरा एक फिट लामो छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads