Loading...
आइसिसि सदस्य उम्मेदवारी


म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ सिंगा थामडाडा घर भई लामो समय देखी कतारलाई आफ्नो कर्म थालो बनाउदै आएका प्रेम रसाइलीले आगामी सन २०१७–२०१९ कार्यकालका लागि आइसिसि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बैदेशिक रोजगारीको क्रममा कतारमा भएतापनि उनले बिभिन्न सामाजिक सस्थाहरुमा आवद्ध रहेका छन् भने उनले सामाजिक कार्यमा पनि निकै ठूलो योगदान दिएका छन् ।
हाल उनी विश्वकर्मा समाज कतारका बरिस्ट सल्लाहाकार रहेका छन् ।
कतारको २०१५–०१७ को कार्यकाकाल निकै कुशलता पुर्वक बिताएका रसाइलीले अन्तरराष्ट्रिय समन्वय परिषदको लागि सदस्य पद मा उम्मेदवारि दिएका छन् ।
म्याग्दी जिल्लाका विभिन्न विद्यालयहरु तथा आपतमा परेका महानुभावहरुको सहयोगमा हरसमय लागि रहेन प्रेम रसाइलीले आफूलाई जिताउनका लागि सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads