Loading...
राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कब्जाको नीति बनाएपछि कमल थापा ठूलो तनावमा

काठमाडौं, १ भदौ । पशुपति शम्शेर राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कब्जाको नीति बनाएपछि आजकाल कमल थापा ठूलो तनावमा छन् ।
पहिलो दिन नै राणा समूहले चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर बुझाएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
राणा समूहको अभियानबाट चकित परेका थापाले राप्रपालाई बचाउन भन्दै अहिले केन्द्रीय सदस्य र सांसदहरूलाई अपहरण शैलीमा आफ्नो गृहनगर हेटौंडा पु¥याएका छन् । थापाको यो अभियानमा गणेश थापा र बुद्धिमान तामाङले साथ दिएका छन् ।
कमल थापाका भाई गणेश थापाले ‘गुण्डा’ प्रयोग गरेर केन्द्रीय सदस्य र सांसदहरूलाई बन्दी बनाएको आरोप छ ।
राणा समूहका एक महिला केन्द्रीय सदस्यले भनिन्, ‘कमल थापाले मलाई फोन गरेर पशुपति शम्शेर राणालाई छाडेर आउनुस् पाँच लाख दिन्छौं भन्ने प्रैस्ताव गरेका थिए । मैले मानिन् । कमल थापा जस्तो सिद्धान्त नभएको व्यक्ति म होइन । म गरिब हुँला तर, कमल थापा जस्तो गति छाडा छैन ।’
कमललाई छाड्ने केन्द्रीय सदस्य र सांसदहरूलाई गणेशले ‘गुण्डा’ प्रयोग गरेर ज्यान मार्नेसम्मको धम्की दिने गरेको उच्च स्रोतको भनाई छ ।
तामाङले सांसद राज्यलक्ष्मी श्रेष्ठलाई बन्धक बनाएको आरोप छ । थापा समूहले राणा समूहलाई ४० प्रतिशत पुगेको छैन भनेर आरोप लगाइरहेको छ ।
तर, राणा समूह ५१ प्रतिशत पु¥याएर राप्रपा कब्जा गर्ने रणनीतिमा लागेको छ । थापा समूहले जे हल्ला फिजाए पनि भदौ ५ गते सनाखत गर्ने बेला ५१ प्रतिशत केन्द्रीय सदस्य र सांसद देखाएर राप्रपा कब्जा गर्ने राणा समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
राणा समूहका नेताहरू भन्छन्–‘हामी कमल थापा जस्तो केन्द्रीय सदस्य र सांसदहरूलाई अपहरण शैलीमा हेटौँडा पु¥याउँदैनौँ । हाम्रो सिद्धान्त मन परेर आउनेहरूलाई स्वागत छ । हामी पार्टीर्लाइ निरंकुश शैलीमा चलाउँदैनौँ ।’ थापा समूहले अरु केन्द्रीय सदस्य र सांसदहरू राणा समूहमा जान्छन् भन्ने डरले हेटौंडामा बैठक राखेको आरोप लागेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads