Loading...
नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं, ४ भदौ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरले अध्यक्षमा गोविन्द आचार्य तथा प्रेस चौतारीले तीर्थ कोइरालालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
अध्यक्षमा महासंघका वर्तमान महासचिव उजिर मगरले पनि उम्मेदवारी दिएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads